जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बीमा समितिले जलेश्वर नगरपालिकाबाट सुरु गर्यो बीमा सचेतना कार्यक्रम,

बीमा समितिले जलेश्वर नगरपालिकाबाट सुरु गर्यो बीमा सचेतना कार्यक्रम,

बीमा समितिले जलेश्वर नगरपालिकाबाट बीमा सचेतना कार्यक्रम सुरु गरेको छ । सोमबार बीमा समितिका निर्देशक दिनेश कुमार लालको संयोजकत्वमा स्थानीय निकाय सँग बीमा सम्बन्धी जनचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथी जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र थिए भने कार्यक्रमको सभापतित्व समितिका निर्देशक दिनेश कुमार लालले गरेका थिए ।  नगरपालिकाका सम्पुर्ण वडा अध्यक्ष तथा सदश्य सहित ५० जना भन्दा धेरै पदाधिकारीको उपस्थिति थियो । अन्तर्क्रिया कार्यक्रममा स्थानिय निकायमा रहेका बीमा कम्पनी तथा बैंकका शाखा कार्यालयका प्रमुखहरु, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु सहित सर्वसाधारणको सहभागिता थियो । कार्यक्रमको स्वागत मन्तव्य बीमा समितिका सहायक निर्देशक पुर्ण बहादुर थापाले दिएका थिए ।

बीमा समितिले स्थानीय निकायलाई कृषि बीमा, पशुपन्छि बीमा, सम्पत्ती बीमा, जीवन बीमालाई स्थानीय निकायले आफ्नो सेवा सँग जोडेर अगाडि बढ्न अनुरोध गरेको छ । पछडिएका, न्युन आय भएका वर्ग, किसान, महिला, विभिन्न पेसा व्यवसायमा लागेका व्यक्तिहरु, उद्योगी व्यापारी लगात सबैलाई फाइदा हुने भन्दै समितिले बीमा गर्न सबैलाई अनुरोध पनि गर्यो ।

मेयर मिश्रले जवसम्म बीमा समितिले स्थानिय निकाय सँग समन्वय गर्दैन तवसम्म बीमाको विस्तार हुन नसक्ने धारणा राखेका थिए । नगरपालिकाको नीति तथा कार्यक्रममा बीमाको सुविधा प्रवाह गर्ने कुरा समावेश गर्न आफुहरु तयार भएको भन्दै मिश्रले आगामी दिनमा बीमालाई जोड दिने बताए ।

निर्देशक लालले सहभागिलाई बीमा भनेको के हो, बीमाको प्रकार, बीमा सम्बन्धी सरकारले गरेका व्यवस्थाका विषयमा प्रकाश पारेका थिए । त्यस्तै सम्पत्तीको बीमा गर्दा आयमा ५ हजार र जीवन बीमा गर्दा २५ हजार रुपैयाँसम्म छुट हुने र बीमा गर्दा हुने फाइदाका विषयमा जानकारिमुलक प्रस्तुतिकरण दिएका थिए ।

कृषि बीमा गर्दा सरकारले प्रिमियमको ५० प्रतिशत अनुदान दिएको भन्दै लालले कृषि बीमाको लागि उत्प्रेरित गरे । दाबी भुक्तानी गर्दा अपनाउनु पर्ने प्रकृयाँदेखि आवस्यक कागपत्रका विषयमा समेत जानकारी प्रदान गरेका थिए । महोत्तरी जिल्लामै बीमाको पहुँच एकदमै कम रहेको छ । वैदेशिक रोजगारीमा गएका सहित जम्मा ७ प्रतिशतमा मात्रै बीमाको पहुँच पुगेको भन्दै लालले सम्पुर्ण कम्पनीका शाखा प्रमुखहरुलाई कुर्सिमा मात्रै नबसी गाँउ गाँउ गएर बीमा गराउन निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा सहभागिले समिति सँग कृषि बीमाका लागि कम्पनीहरु नै नआएको भन्दै गुनासो पोखेका थिए । कतिपय सहभागिले बीमा गर्न सजिलो भए पनि कम्पनीहरुले दाबी भुक्तानी नगर्ने भन्दै समिति समक्ष गुनासो गरे । सहभागिको गुनासोलाई संवोधन गर्दै लाले कम्पनीहरुले नियम अनुसार दाबी नगरेमा बीमा समितिमा उजुरी गर्न अनुरोध गरे । उनले भने ‘यदि कुनै पनि कम्पनीले दाबी भुक्तानी गरेनन् भने बीमा समिति समक्ष उजुरी पेश गर्नुहोस । समिति सँग जिल्ला अदालत सरह न्याय दिने अधिकार भएकाले तपाईहरु ढुक्क हुनुहोस हामी दाबी दिलाइदिन्छौ ।’

समितिले यस्तो कार्यक्रम अवको वर्षैभरी गर्ने छ । आजबाट सुरु भएको यो कार्यक्रम आगामी एक वर्षमा १०० वटा भन्दा धेरै स्थानीय निकायमा पुग्ने योजना बनाएको छ । कोभिड १९ को जोखिमका विचमा पनि समितिले यो कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक दुरी कायम गरेर यस कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको लाले जानकारी दिए

5225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका