जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • थप कर्जा माग भएपछि छानवीन गर्यो

अन्तरवार्ता

थप कर्जा माग भएपछि छानवीन गर्यो

किरण कुमार श्रेष्ठ, सीइओ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

थप कर्जा माग भएपछि छानवीन गर्यो

नेपालको सबैभन्दा बढि नाफा कमाउदै आएको सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकमा हालै एउटा नक्कली कर्जा काण्ड वाहिर आएको छ । करिब १ करोड २५ लाख रुपैयाको यो कर्जा कसरी गयो । १ करोड भन्दा माथीको कर्जा प्रदेशको मुख्य शाखा बाट स्वीकृत भएको हो कि केन्द्रीय कार्यालयबाट ? छानवीन के भईरहेको छ ? यी र यस्तै विषयमा आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठसंग गरेको छोटो कुराकानीः

० सीइओ साब नेपालगञ्जको १ करोड २५ लाखको कर्जा काण्ड चाहि के हो ?
घटना भएको छ । छानवीन भईरहेको छ । एउटा महत्वपूर्ण कुरा चाहि के छ भने नेपालगञ्जका शाखा प्रबन्धक ललित बहादुर शाहीले नै केन्द्रिय कार्यालयमा पत्राचार गरि यो कर्जाको बारे छानवीन गर्न प्रहरीलाई अनुरोध गर्नु भयो र हामीले प्रहरीलाई पत्राचार ग¥यो र छानवीन भइरहेको छ ।

० तपाईले शाखा प्रबन्धकले नै छानवीनको माग गरेको बताउनु भयो तर ऋणीले त शाखा प्रबन्धक शाहीकै योजनामा कर्जा दिएको प्रहरीलाई बताएको चर्चा छ नि ?
हो अहिले चाहि सुनिन्छ । छानवीन होला नि । कसकसको मिलोमतो छ । त्यो वाहिर आउने नै छ । जनताको पैसामा बदमासी भएको छ । यो राम्रो भएन छानवीन गर्दैछौं ।

० कर्जा प्रवाह गर्दा १ करोड भन्दा बढि प्रदेशको मुख्य शाखाबाट स्वीकृत हुने नियम छ । यसबाट प्रदेश मुख्य कार्यालयका कर्मचारीको पनि मिलोमतो छ भन्ने ठाउँ छ नि होइन र ?
भूपेन्द्रजी प्रहरीले छानवीन गरिरहेको छ र अर्को कुरा आईतबार नै केन्द्रीय कार्यालयबाट एउटा छानवीन टोली पठाउदै छु । उसले पनि सबै कुरा छानवीन गर्ने छ । यथार्थ कुरा के हो वाहिर आउने नै छ । सबैभन्दा महत्वपूर्ण कुरा जनताको डिपोजिट माथी बदमासी भएको देखियो । यसले राम्रो सन्देश दिँदैन । यो गलत काम भएको छ ।

० यत्रो १ करोड २५ लाख कर्जा बारे बदमासी भएको चाहि बैंकले कसरी थाहाँ पायो त ?
मैले अगाडी नै भने त्यहाँको शाखा प्रबन्धक शाहीजीले नै छानवीन गर्न हामीलाई पत्राचार गर्नुभयो र हामीले प्रहरीलाई छानवीन गर्न आग्रह ग¥यो ।

० कारण के थियो त छानवीन गर्न आग्रह गर्नु पर्ने ?
के थियो भने जो ऋणी सुनव्यापारी हुनुहुन्छ । उहाँले अर्को १ करोड २० लाख करिबको धितो दिएर ५० लाख कर्जा माग्नु भयो । हामीले धितो दृष्टिबन्धकी ग¥यो र पुरानो कुरा केहो त भनी मिलाउँदा शंका लाग्यो र छानवीन गर्न प्रहरीलाई आग्रह गरेका हौं ।

० त्यसो भए थप ५० लाख कर्जा गएको छैन जग्गा रोक्का चाहि छ । यसले बैंकको पैसा त उठ्ने भयो नि होइन त ?
पैसा उठ्ने कुरामा शंकै छैन । पैसा उठ्ने नै छ तर, बदमासी ठूलो कुरा हो । शाखा प्रबन्धक शाहीजी छानवीन गर्न आदेश दिउ भन्दछ । ऋणी भन्दछ शाखा प्रबन्धककै निर्देशनमा कर्जा लिएको हो कसको विश्वास गर्ने ?

० अब छानवीले यथार्थ कुरा बाहिर आउने पक्क छ त?
कागजपत्रले बोल्नेछ । धितोले बोल्नेछ । पैसा कहाँ कहाँ लगानी भयो त्यो छानवीन होला । स्टाफको संलग्नता बारे छानवीन हुन्छ । सबैकुरा छन् । बदमासी हुनु राम्रो कुरा भएन, नियत खराब देखियो । केही दिन भित्रै सबै कुरा बाहिर आउने नै छ नि ।

8170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका