जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंकमा कोरोनाः लकडाउन बीच बैंकहरुको कर्जा २६ खर्ब १६ अर्ब निक्षेप ३२ खर्ब ७६ अर्ब !

बैंकमा कोरोनाः लकडाउन बीच बैंकहरुको कर्जा २६ खर्ब १६ अर्ब निक्षेप ३२ खर्ब ७६ अर्ब !

नेपालका २७ वाणिज्य बैंकहरुमा लगातारको लकडाउनले कर्जा प्रवाह घटेको छ । भने निक्षेप ह्वात्तै बढेको देखिन्छ ।
सरकारले लकाडाउन खुकुलो बनाए पछि भने केही कर्जा प्रवाह भएको र पूरानो कर्जा रिनो हुन थालेको नेपाल एसबीआई बैंकका सीइओ एवं नेपाल बैंकर्स संघका उपाध्यक्ष अनुकुल भट्नाकर पंक्तिकारसंग बताए ।

उनीले थपे लकडाउनको बीचमा एलसी र केही साना कर्जा गएपनि अहिले आएर कर्जा प्रवाह बढेको छ । निक्षेप त ह्वात्तै बढेर गयो । उनीले थपे अहिले केही कर्जाका साँवा ब्याज उठेका छन् । कारोबार बढेको छ । स्वास्थ्यका बारेमा अझै चिन्तित हुनपर्दछ ।

एक हप्तामा कर्जा ५ अर्ब रुपैयाँले घटेर ५ असारमा २८ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको देखिन्छ ।
कर्जा लगानी घट्ने क्रम ३० जेठमा २८ खर्ब १६ अर्ब रुपैयाँ रहेको कर्जा ५ असारमा ५ खर्बले घटेर २८ खर्ब ११ अर्बमा झर्यो । त्यसको एक हप्तामा थप २ अर्बले घटेर २८ खर्ब ९ अर्ब रुपैयाँ कायम भएको देखिन्छ ।

सोही अवधिमा निक्षेप रकम भने २६ अर्ब रुपैयाँले बढेको देखिन्छ । ३० जेठसम्म ३२ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रकम १२ जेठसम्म आइपुग्दा २६ अर्बले बढेर ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको देखिन्छ ।
११ चैतदेखि सरकारले देशलाई लकडाउन गर्यो । यस अवधिमा पनि कर्जा बढेकै थिए । फागुन अन्तिम साता २८ खर्ब ३ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा चैत मसान्तसम्ममा बढेर २८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको थियो ।

यद्यपि, यतिबेला भने कर्जा घटेको छ । नेपाल बैंकर्स संघका उपाध्यक्ष अनुकुल भट्नाकरले थपेः– नयाँ लगानी नभएको र पुराना केहि ऋणीहरुले ऋण तिरेका कारण कर्जा घटेको छ ।


कोरोना त्रास जारी रहेकाले नयाँ बिजनेस हाउसहरु लगानी बढाउन डराएका कारण पनि बैंकहरुको कर्जा लिने क्रम घटेको प्रस्टै देखिन्छ । नेपालमा केरोनाका बिरामीहरुको संख्या बढेको र लकडाउन पूर्णरुपमा अझै नखुलेका कारण भोलि के हुने हो भन्ने डरले कर्जा लिनेहरु हेर र पर्खकै अवस्थामा रहेको प्रस्टै देखिन्छ । जय होस् ।

6180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका