जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • काँग्रेसले छान्यो राष्ट्रियसभाका १६ जना उम्मेदवार

काँग्रेसले छान्यो राष्ट्रियसभाका १६ जना उम्मेदवार

नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि १६ उम्मेदवारको नाम टुङ्गो लगाएको छ। शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । तर, उक्त बैठकमा संस्थापन इतरका पदाधिकारीहरुको उपस्थिति थिएन ।

काँग्रेसका राष्ट्रियसभा उम्मेदवार निर्वाचित हुने सम्भावना कम छ । तर, काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिएको देखिन्छ । आगामी माघ ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको हो।

यस्तै काँग्रेस र समाजवादीबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा निर्वाचनको ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भएको छ ।राष्ट्रियसभाका  एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । संविधानको धारा, ८६ ९३० बमोजिम प्रत्येक दुई वर्षमा राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ ।

10540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका