जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कृषि विकास बैंकले गर्यो सरकारलाई ४ करोड १० लाख सहयोग

कृषि विकास बैंकले गर्यो सरकारलाई ४ करोड १० लाख सहयोग

कृषि विकास बैंकले सरकारलाई  फेरि  ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ सहयोग गरेको छ ।  बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत जम्मा भएको रकम कोरोना कोषमा जम्मा हुने गरीअर्थमन्त्री डा. युराज खतिवडालाई हस्तान्तरण गरेको हो ।

कृषि विकास बैंकले यस अघि पनि कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमामा संघ सरकारलाई एक करोड ११ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो भने सातै प्रदेशलाई ७/७ लाख रुपैयाँको दरले हस्तान्तरण गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।

चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कम्पनी सचिव समेत रहेका पौडेलको उपस्थिति रहेको थियो  । उक्त कार्यक्रममा अर्थ मन्त्रालयका तर्फबाट अर्थमन्त्री डा. खतिवडा, अर्थ सचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी र सहसचिव झक्क प्रसाद आचार्यको उपस्थिति रहेको थियो । आचार्य कृषि विकास बैंकका सञ्चालक पनि हुन् ।

6885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका