जोडिनुहोस
शनिबार, माघ २५, २०८२
शनिबार, माघ २५, २०८२

हालको खबर

  • होमपेज
  • भोलिबाट जिल्लाभित्र सबै खाले सार्वजनिक यातायात चल्ने

भोलिबाट जिल्लाभित्र सबै खाले सार्वजनिक यातायात चल्ने

मौद्रिक नीतिले ब्यवसायीको माग समेटेको भन्दै भोली (सोमबार) बाट सार्वजनिक सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन्।

सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिबाट यातायात सञ्चालन गर्न तयार भएका हुन्।

अहिले जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइने छ। उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन्।

अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन्। व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन्।

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिबाट सबै खाले यातायात सञ्चालन गर्ने बताएका छन्। विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि (सोमबार) बिहानबाट यातायात सञ्चालन हुने बताए।

सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उले जानकारी दिए। कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए।

13060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?