जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने भएको छ । महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो ।

तर कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरिएको महासंघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । चुनाव स्थगित भए पनि नयाँ मिति भने तय भइनसकेको उनले बताए ।

महासंघ अध्यक्ष भवानी राणाले निर्वाचनको बारेमा निर्णय लिनको लागि पूर्व अध्यक्ष सहित पदाधिकारीको बैठक बिहीबार बोलाएकी थिइन् । जसमा सरकारले लकडाउन पूर्ण रुपमा खुलाएको १५ दिनभित्र निर्वाचन गर्ने सहमति भएको छ ।

सरकारले भदौं १ देखि लामो दुरीको सवारी साधन तथा हवाई उडान समेत खोल्ने निर्णय गरेको छ । तर,२५ जनाभन्दा बढी भेला हुन तथा पार्टी प्यालेस,क्लब,सिनेमा हल तथा स्कुल कलेजमा भने खोल्न अहिलेपनि प्रतिबन्ध छ ।

महासंघको निर्वाचन चैतमा हुनुपर्ने थियो । कोरोना भाइरसको कारण निर्धारित मितीमा महासंघको निर्वाचन हुन सकेको छैन ।

महासंघको साधारणसभापछि अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष चुनिनेछन् । बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर निर्वाचन लड्ने घोषणा गरेका छन् ।

8500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?