जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंक र वित्तिय संस्थामा विकृती र विसंगतीले हद नाग्योः गलफ्रेण्डलाई जागिर दिने देखि नियमनकारी निकायका उच्च कर्मचारीसंग भित्री साँठगाठः वित्तिय सुशासनले हावा खायो !

बैंक र वित्तिय संस्थामा विकृती र विसंगतीले हद नाग्योः गलफ्रेण्डलाई जागिर दिने देखि नियमनकारी निकायका उच्च कर्मचारीसंग भित्री साँठगाठः वित्तिय सुशासनले हावा खायो !

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम नेपालका बैंक र वित्तिय क्षेत्रका अध्यक्ष र सीइओहरुबाट हुन्छ भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो । बाहिरबाट झट्ट हेर्दा कस्तो राम्रो कर्पोरेट सुशासन एवं जताततै पैसा राख्ने र झिक्नेहरुको भिड देखिने बैंक र वित्तिय संस्था भित्र भएका साना तीना बदमासी कहिले बाहिर आउँदैनन् । ठूला कर्जा काण्ड र ठूला बदमासीहरु मात्रै बाहिर ल्याउने परम्परा छ । भन्दा फरक पर्दैन । बैंक र वितिय संस्था भित्र नातावाद, कृपावादको समस्या क्यान्सर रोग झै फैलिएको भेटिएको छ । यति सम्मकी प्रायः सबै बैंक र विकास बैंकहरुमा बैंकका अध्यक्ष र सीइओका आफन्ता ज्वाई, छोरा, छोरी बुहारी, भतिजा, भाइ आफ्नै श्रीमती यतिले नपुगेर गलफ्रेण्डलाई समेत जागिर दिएको भेटिएको छ । हेक्का होस् । बैंकमा जागिर खान राम्रो पढेलेखेका दक्ष मानिस लिखित पास भएर आए पनि उनीहरुलाई मौखिकमा फेल गराएर आफ्न्तालाई जागिर दिने परम्परा बढेको देखिन्छ । यो कस्तो बैकिङ्ग हो । गर्भनर साब हेक्का होस् ।

सरकारी तीन वटा बैंक राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको कर्मचारी भर्ना लोकसेवाले हेर्न परम्परा छ तर, अरु प्राइभेट बैंक र वित्तिय संस्थाहरुको छनौट बैंक आफैले वा उनीहरुले चाहेको मेरोजब, कुमारी जब जस्ता दर्जनौ कन्सल्टेण्डहरुले गराउने परम्परा छ । राम्रो लिखित पास भएर आएपनि हाम्रालाई नै मौखिक अन्र्तवार्ता दिने बैंकका हाकिमहरुले पास गर्ने गरेका उदाहरण हामीसंग छन् । हेक्का होस् । केही बैंकमा त सञ्चालक समितिलेनै साना तिना कुरामा हस्तक्षेप गरेको देखिन्छ । यो कस्तो बैकिङ्ग हो । गर्भनर साब ? यति मात्रै होइन धितो मूल्यांकनमा समेत बैंक र वित्तिय संस्थाहरुले सेटिङ्गमा गरेको भेटिएको छ ।

बैंक र वितिय संस्था भित्र नातावाद, कृपावादको समस्या क्यान्सर रोग झै फैलिएको भेटिएको छ । यति सम्मकी प्रायः सबै बैंक र विकास बैंकहरुमा बैंकका अध्यक्ष र सीइओका आफन्ता ज्वाई, छोरा, छोरी बुहारी, भतिजा, भाइ आफ्नै श्रीमती यतिले नपुगेर गलफ्रेण्डलाई समेत जागिर दिएको भेटिएको छ । हेक्का होस् । बैंकमा जागिर खान राम्रो पढेलेखेका दक्ष मानिस लिखित पास भएर आए पनि उनीहरुलाई मौखिकमा फेल गराएर आफ्न्तालाई जागिर दिने परम्परा बढेको देखिन्छ ।

कर्जा दिँदा लिइने धितो मुल्यांकनमा कमिसन लिएर बदमासी गरेका उदाहरण पनि हामीसंग छन् । यो कस्तो बैकिङ्ग हो गर्भनर साब ? यति मात्रै होइन बैंक र वित्तिय संस्थाहरुले आफ्नै नियमनकारी निकाय राष्ट्र बैंकका पीयन देखि गर्भनरसम्मका आफ्नालाई जागिर दिने चाडवाडमा महंगा हुस्की, ब्राण्डी र घरजान गाडी देखि नगद नारायण (खामबन्दी) दिने परम्पराको अन्त्य अझै भएको छैन । यसले गर्दा नियमनमा चर्को समस्या आउनेगरेको एक सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग बताए । उनीकै शब्द सापटी लिने हो भनेः– जब सम्बन्धित नियमनकारी निकाय (राष्ट्र बैंक) मौन बस्दछ तब–तब बैंक र वित्तिय संस्थामा समस्या आउने गर्दछ । यती सम्मकी राष्ट्र बैंकको जागिरबाट अबकास भएपछि बैंक र वित्तिय संस्थामा प्रमुख बन्नबाट राष्ट्र बैंकका हाकिमहरुले ठूला घरघरानाका बैंकले जति गल्ती गरेपनि कारवाहीको पत्र बनाउन सक्दैनन् । यो लेखेर राखे हुन्छ नि ।

बैंक र वित्तिय संस्था गलफ्रेण्डलाई समेत जागिर
नेपालका बैंक र वित्तिय संस्थामा नातावादको समस्या पछिल्लो समय अझै बढेर गएको भेटिएको छ । बैंकका कर्मचारीहरु भर्ना अधिकांश बैंकका अध्यक्ष, सिईओका आफ्नै ज्वाई, भतिज, भाइ, श्रीमती कार्यरत छन् । त्यो पनि नभए गल्र्डफ्रेन्डलाई समेत जागिर दिएको अवस्था छ । नातावाद र कृपावादले नेपालको बैंकिङ क्षेत्र आक्रान्त बनेको छ । नातावादलाई अन्त्य नगरेसम्म नेपालका बैंक र वित्तिय संस्थाहरु अगाडि बढ्ने देखिँदैन भन्दा फरक पर्दैन । गर्भनर साब । हेक्का होस् । तत्कालै छानवीन होस् ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा कर्जा सुरक्षित गराउन धितो लिन्छन् । यसरी धितो राख्दा कमजोर धितोको बढी मूल्यांकन र बढी धितोको कमजोर मूल्यांकन गर्ने परिपाटि छ । यस्तो ब्रान्च म्यानेजरले नै गर्ने गरेको अवस्था छ । धितो मूल्यांकनका कारण कतिपय ब्रान्च म्यानेजर जीवन विताई राखेका उदाहरण हामीसंग छन् । हेक्का होस् । अर्कोतफ बैंकहरुले अपनाएका धितो मूल्यांकन विधिमा पनि एकरुपता छैन ।

कर्जा धितोमा मोलमोलाई ?
नेपालको बैंक र वित्तिय संस्थाका कमजोरीहरुमध्ये धितो मूल्यांकनमा कमिसन पनि एक हो । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा कर्जा सुरक्षित गराउन धितो लिन्छन् । यसरी धितो राख्दा कमजोर धितोको बढी मूल्यांकन र बढी धितोको कमजोर मूल्यांकन गर्ने परिपाटि छ । यस्तो ब्रान्च म्यानेजरले नै गर्ने गरेको अवस्था छ । धितो मूल्यांकनका कारण कतिपय ब्रान्च म्यानेजर जीवन विताई राखेका उदाहरण हामीसंग छन् । हेक्का होस् । अर्कोतफ बैंकहरुले अपनाएका धितो मूल्यांकन विधिमा पनि एकरुपता छैन । त्यसले गर्दा, एउटै जग्गाको मूल्यांकन गर्नु परे पनि फरक बैंकले फरक ‘फेयर मार्केट भ्यालु’ (उचित बजार मूल्य) निर्धारण गर्ने गर्दछन् । जस्ले गर्दा ग्राहकहरुलाई पनि असहजतानै भएको छ । बैंकहरुबीच एकरुपता ल्याउनका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्नुपर्ने हो । तर, त्यसो गरी सकेको देखिदैछन । गर्भनर साब हेक्का होस् ।

बैंक र वित्तिय संस्थामा कर्मचारी छनोटमा चर्को बदमासी
बैंक र वित्तिय संस्थाले विभिन्न समयमा प्रसस्त रोजगारीका अवसरहरु खुलाउँछन् । तर यसरी रोजगारी खुलाउँदा बदमासी गर्ने गर्दछन् । पैसा र सोर्स फोर्सका आधारमा कर्मचारी छनोट गर्ने गरिन्छ । यसरी बैंक र वित्तिय संस्थामा कर्मचारी छनोट व्यवस्थापनमा समस्या देखिन्छ । कर्मचारी छनोटदेखि बढुवासम्ममा मनपरेको व्यक्तिलाई नियम मिचेर छनोट गर्ने गरेको उदाहरण हामीसंग छन् । उदाहरणका लागि एउटा घरघरानका बैंकमा एकजना महिला कर्मचरीको चारवर्षमा ४ पटक बढुवा भयो अब सीइओ (एजिए, डिजीएम र त्यसपछि सीइओ) बन्न तीन तहमात्र बाँकी छ ती कर्मचरीको भन्दा फरक पर्दैन । हेक्का होस् । के ती महिला कर्मचारीको बैंक बाबुको सम्पत्ती हो । हामी निरिह जनताको शेयर ७० प्रतिशत छैनर गर्भनर साब हेक्का होस ।

नियमनकारी निकायसँगको चर्को साठगाँठ
बैंक र वित्तिय संघसंस्थाले नियमनकारी निकाय केन्द्रीय बैंकलाई समेत प्रभावमा पार्दा समस्या हुने गरेको भेटिएको छ । गर्भनर साब । राष्ट्र बैंकका डेपुटी गभर्नरदेखि डिपार्ट प्रमुखसम्मलाई प्रभावमा पार्ने गरेको देखिन्छ । जसले गर्दा नियमनमा समस्या हुने गरेको घाम जस्तै छलङ्ग छ । यस बारेमा गर्भनर बोल्ने कि नबोल्ने । सचेत भया । (आर्थिक बजार मासिकबाट साभार गरिएको)

5070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?