जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अब गायक सुगम पोखरेलको आवाज कामना सेवाको आवाज

अब गायक सुगम पोखरेलको आवाज कामना सेवाको आवाज

कामना सेवा विकास बैंक लि. र नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यो सम्झौता पश्चात बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले बैंकको गतिविधिहरुमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथीको भूमिका निर्वाह गर्ने स्वीकृति दिनु भएकोमा गायक पोखरेलप्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो भने गायक पोखरेलले आफूलाई यो अबसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिनु हुंदै आफ्नो तर्फबाट बैंकको ख्याती एवं श्रीवृद्धिमा जस्तो सुकै सहयोग गर्ने बचनबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, Internet Banking, Online Account Opening, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

9715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?