जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एशियन लाइफ इन्स्योरेन्सको खुद नाफा बढ्यो

एशियन लाइफ इन्स्योरेन्सको खुद नाफा बढ्यो

एशियन लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफा र खुद बीमाशुल्क बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा १८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ करोड १९ लाख रुपैयाँ बढी हो। खर्च नियन्त्रण गर्दै आम्दानी बढाउन सफल भएका कारण इन्स्योरेन्सको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ३२ करोड ४४ लाख रुपैयाँ बढेर ४ अर्ब ५४ करोड ८ लाख पुगेको छ। असार मसान्तसम्ममा बीमालेख धितोमा २ अर्ब ४५ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको यस इन्स्योरेन्सले सो बापत ११ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ५६ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। इन्स्योरेन्सको खुद दाबी भुक्तानी ११ करोड ५७ लाख रुपैयाँ बढेर ५२ करोड ५ लाख ४० हजार रुपैयाँ पुगेको छ।

२ अर्ब १ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ, जीवन बीमा कोषमा २१ अर्ब ६१ करोड २ हजार रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड १२ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सको जगेडा कोषमा ३६ करोड ५२ लाख रुपैयाँ, जीवन बीमा कोषमा १७ अर्ब १ करोड ९० लाख रुपैयाँ र महाविपत्ती जगेडामा ४ करोड ३० लाख रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षमा इन्स्योरेन्सले ४ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने हालसम्ममा २७ अर्ब ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या २ लाख ९० हजार ७२३ छ। इन्स्योरेन्सले सो अवधिसम्ममा ७ हजार १५७ कुल दाबी बापत १ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने ८६ दाबी बापतको २ करोड १७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

असार मसान्तमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ६७.११ गुणा कायम भएको छ।

5870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका