सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच व्यावसायिक सम्झौता भएको छ । बैंकले सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ उक्त सम्झौता गरेको हो ।
सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र ३६० ट्रान्सपोर्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका थिए ।
यस सम्झौता पश्चात् ३६० ट्रान्सपोर्ट सोलुसन्स् अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरि पीओएस मार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् । प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।