जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थमन्त्री डा.युवराज खतिवडाले आज पदबाट राजिनामा दिँदै

अर्थमन्त्री डा.युवराज खतिवडाले आज पदबाट राजिनामा दिँदै

राष्ट्रिय सभाको सदस्यमा मनोनयनमा नपरेपछि संवैधानिक व्यवस्था अनुसार भोलि पदमुक्त हुन लागेका अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आज पदबाट राजिनामा दिने तयारी गरेका छन् । विगत १० महिनादेखि दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका डा. खतिवडाले आजै मन्त्री पदबाट राजिनामा दिने तयारी गरिरहेको अर्थमन्त्रालय स्रोतले जनाएकोेछ ।

नेकपाको बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । पार्टीभित्र अर्थमन्त्रीकै विषयमा निकै चर्को किचलो बढेपछि सामान्य छवी भएका खतिवडा आफैले मन्त्री पदमा टाँसिएर नबस्ने सन्देश प्रम ओलीलाई दिएपछि बालुवाटार कन्भिन्स भएको सूत्रको दावी छ ।

सूत्रका अनुसार अब नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना छ । त्यस्तो अवस्थामा डा. खतिवडा प्रधानमन्त्रीको मुख्य सल्लाहकारको रुपमा बालुवाटारमै रहेर काम गर्नेछन् । स्रोतका अनुसार अर्थमन्त्री जोसुकै भएपनि डा. खतिवडालाई प्रम ओलीले छोड्न चाहेका छैनन् । हिजो बसेको पार्टी सचिवालयको बैठकमा मुख्य सल्लाहकारको रुपमा डा. खतिवडालाई बालुवाटारमै राखेर देशको अर्थतन्त्रमा महत्वपूर्ण निर्णय गर्न दिने गरी सहमति गरेको जनाइएको छ ।

अर्थमन्त्रालयबाट बालुवाटार सारिएपछि अर्थमन्त्री डा. खतिवडाले राजिनामा दिएर गएपनि मुलुकको अर्थतन्त्रमा अझै पनि उनको छाया भने बाँकी रहने देखिएको छ ।

7920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका