जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानन्तरण

हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानन्तरण

हिमालयन बैंक लिमिटेडले इटहरी शाखा– २ लाई इनरुवा नगरपालिका–१ मा स्थानन्तरण गरेको छ ।

सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुलाई ग्राहकको सुविधालाई ध्यानमा राख्दै हिमालय बैंकले शाखा सञ्जालहरुलाई अन्यत्र स्थानन्तरण गर्ने कार्यलाई जारी राखेको छ ।

सोही क्रममा बैंकले इटहरी शाखा २ लाई इनरुवा–१ मा स्थानन्तरण गरेको र १ चैतदेखि ग्राहकहरुलाई बैंकिङ सुविधा समेत प्रवाह गरिएको बैंकले जनाएको छ ।

स्थानन्तरण गरिएको सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगर निर्देशक इन्द्र चाम्लागाईं मैनालीले गरेकी हुन् ।

देशभरि १७४ कुल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजार भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट ग्राहकलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आइए रहेको बैंकले जनाएको छ ।

460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका