जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सानिमा बैंकले दसैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड जारी गर्ने

सानिमा बैंकले दसैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड जारी गर्ने

सानिमा बैंकले दसैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ।

बैंकले ‘यो पालीको दशैंमा क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ भन्ने नारासहित निःशुल्क क्रेडिट कार्ड योजना सार्वजनिक गरेको हो।

असोज मसान्तसम्म आवेदन दिने सबै ग्राहकलाई क्रेडिट कार्ड निःशुल्क दिने बैंकले जनाएको छ।

क्रेडिट कार्डबाट सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकले जनाए अनुसार पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल दराजमा ३ हजार रुपैयाँ बराबरका सामान किन्दा पाँच सयको निःशुल्क भौचर समेत प्राप्त गर्न सक्ने छन्।

सानिमा बैंकले सातै प्रदेशमा ८२ वटा शाखा, १५ वटा बिस्तारित काउन्टरका साथै ८१ वटा एटिएमबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ।

8455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?