जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लाभांश लान राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाको स्वागत

लाभांश लान राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाको स्वागत

विदेशी लगानीका कम्पनीले लाभांश फिर्ता लाने सम्बन्धमा राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाको नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की)ले स्वागत गरेको छ। लाभांश लाने व्यवस्थामा लचकता अपनाएको भन्दै निक्कीले राष्ट्र बैंकलाई धन्यवाद दिएको छ। निक्कीका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले अब लाभांश लानका लागि धेरैतिर धाउनु नपर्ने र विदेशी लगानीकर्ताले वास्तविकरुपमा एकद्धार प्रणाली लागू भएको अनुभव गर्ने बताए।

निक्की अन्तगर्तको इन्डियन बिजनेस फोरम (आइबीएफ)का सहसंयोजक सैबाल घोषले राष्ट्र बैंकले गरेको नयाँ नीतिगत व्यवस्थाको स्वागत गरे। उनले लगानीकर्ता र नेपाल सरकार दुबैलाई सिर्जना भएको कामको दोहोरोपना नयाँ व्यवस्थाले हट्ने बताए। उनले बहुराष्ट्रिय कम्पनीका तर्फबाट गभर्नरलाई धन्यवाद दिँदै नयाँ व्यवस्थाले लगानी भित्र्याउन प्रोत्साहित गरेको बताए।

राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीको पाँचौं संशोधन गरी सोमबार सर्कुलर गरेको थियो।
विनियमावलीमा गरिएको संशोधन अनुसार विदेशी लगानीको सेयर बिक्रीबाट प्राप्त रकम, विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश बापतको रकम, उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा खारेजी वा लिक्विडेसन पश्चात सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम र प्रविधि हस्तान्तरण सम्झौता अन्तर्गत प्राप्त लाभ (रोयल्टी) बापतको रकम लान अब वाणिज्य बैंकहरुले नै विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सक्नेछन्।

रकम फिर्ता लानका लागि विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको कम्पनीले आफ्नो खाता रहेको वाणिज्य बैंकमा निवेदन दिए हुन्छ। राष्ट्र बैंकमा धाइरहनु पर्दैन।

निक्कीले विदेशी कर्मचारीको तलब तथा लाभांश फिर्ता, सीमापार सेवाका भुक्तानीमा देखिएको झन्झट र एकद्धार प्रणाली कार्यान्वयनका विषयमा गत जेठ १५ गते राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई भेटेर ध्यानाकर्षण गराएको थियो।

935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?