जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र सूचिकृत

सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । बैंक र नेप्सेबीच चार अर्बको १० वर्ष अवधी भएको “१०.७५% एस.बि.एल. डिबेन्चर (ऋणपत्र) २०८९” को अंकित तथा चुक्ता मूल्य १,००० कायम भएको कुल ४० लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको हो ।

बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा निष्कासन गरिएको ४० लाख थान ऋणपत्र वितरण भई धितोपत्र विनियमावली, २०७५ बमोजिम मिति २०७९÷०४÷३१ मा नेप्सेमा सूचीकृत भएको बैंकले जनाएको छ ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् ।

1490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?