जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मुक्तिनाथ कृषि कम्पनीको साधारणसभा सम्पन्न, सीताराम काफ्ले अध्यक्षमा चयन

मुक्तिनाथ कृषि कम्पनीको साधारणसभा सम्पन्न, सीताराम काफ्ले अध्यक्षमा चयन

मुक्तिनाथ कृषि कम्पनीको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजना पारित गरेको छ ।

साथै सभाले सर्वसम्मत रुपमा नयाँ सञ्चालक समितिको चयन गरेको छ। जसमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल, संस्थापक संस्थागततर्फ मुक्तिनाथ विकास बैंकबाट गोविन्द बहादुर राउत र सर्वसाधारणतर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका छन् ।

यसैगरी, बिहीबार बसेको निर्वाचित सञ्चालकहरुको बैठकबाट सीताराम काफ्ले कम्पनीको अध्यक्षमा चयन भएका छन् ।

त्यस्तै, उक्त बैठकबाट चार वर्षे कार्यकालका लागि भरतराज ढकाल प्रबन्ध निर्देशकमा चयन भएका छन् ।

कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी बस्तु तथा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रमा जोड दिंदै आएको बताएको छ ।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका