जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जुवा खालबाट रङ्गेहात पक्राउ परि धरौटीमा रिहा भएका रामचन्द्र संघाई एशोसियट उपाध्यक्षका उम्मेदवार ?

जुवा खालबाट रङ्गेहात पक्राउ परि धरौटीमा रिहा भएका रामचन्द्र संघाई एशोसियट उपाध्यक्षका उम्मेदवार ?

नेपालमा पैसा र पावर भएपछि जे पनि हुनछ भन्ने बाउ, बाजेको उखान अहिले २१ औं शताब्दीमा लागु हुँदै आएको देखिन्छ ।

प्रतिष्ठा इज्जत र सम्मानलाई तिलाञ्जली दिँदै लकडाउनको उल्लघन गर्दै एनआईसी एशिया बैंकको पास र गाडीको चरम दुरुपयोग गर्दै कमलादीको एक होटलमा जुवा खालबाटै पक्राउ परेका विशाल ग्रुपका प्रबन्ध निर्देशक एवं एनआइसी एशिया बैंकका संचालक रामचन्द्र संघाईले नेपालकै उद्योगी व्यवसायीहरुको एउटा मात्रै छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट उपाध्यक्ष पदमा उम्मेदवार दिने घोषणा गरेका छन् भन्दा अचम्म लाग्ला तर, यो सत्य हो । चर्को बहस हुने पक्का पककी भएको एक व्यवसायीले पंक्तिकारसंग बताए ।

उनीले थपेः– आगामी निर्वाचनमा महासंघलाई बदनाम गराउने महासंघको गरिमालाई आँच ल्याउने खाले व्यक्तिलाई आम उद्योग व्यवसायीहरुले जिताउने छैनन् ।

नेपाल उद्योग वाणिज्य महासंघ उद्योग व्यावसायीहरुको एउटा प्रतिष्ठत छाता संस्था हो । जहाँ लाखौ उद्योग व्यवसायीहरुको भावना गासिएको हुन्छ । यस्तो संस्थामा नैतिक पतन भएका धरौटीमा छुटेका मान प्रतिष्ठा गुमाएकाहरुले उम्मेदवार दिनु भनेका लाखौ व्यवसायीहरुको भावना विपरित जानु हो भन्नु अब चाहि पछि पर्नु हुँदैन ।

केही महिना अगाडी जुवाखालबाटै रंगेहात पक्राउ परेका एनआईसी एशिया बैंकका संचालक एवं विशाल ग्रुपका प्रवन्ध निर्देशन रामचन्द्र संघाईले नेपाल उद्योग वाणिज्य महासंघको गरिमामय पद एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।जुवाखालबाटै पक्राउ परेका जुवाडेलाई उपाध्यक्ष जस्तो गरिमामय पदमा दिनु आफैमा आश्चर्यजन विषय बनेको छ ।

विभिन्न अखाद्य सामाग्रीहरु बजारमा लगी आम जनताको स्वास्थ्य माथि खेलवाड गर्ने व्यक्ति कसरी यति ठूलो संस्थाको उपाध्यक्ष जस्तो गरिमाय पदको उम्मेदवारी त दिएका छन् । तर, उनीलाई भोट दिने मानिसहरुले एक पटक सोचेर मात्र भोट दिने कुरामा उनी अनविज्ञ नै छन् ।

आगामी मंसिर ११ बाट १३ गतेसम्म काठमाडौंमा हुने नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा जुवा खालबाट रङ्गेहात पक्राउ परि धरौटीमा रिहा भएका रामचन्द्र संघाई एशोसियट उपाध्यक्ष नजित्ने जानकारहरु बताउछन् ।

14760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका