जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भ्याक्सिन बनेको खबरसँगै विश्व शेयर बजारमा नयाँ रेकर्ड

भ्याक्सिन बनेको खबरसँगै विश्व शेयर बजारमा नयाँ रेकर्ड

अमेरिकाको बायोटेक कम्पनी मोर्डनाले सोमबार कोभिड–१९ भ्याक्सिन निर्माणमा सफलता मिलेको घोषणा गरेको छ । उक्त भ्याक्सिन यसभन्दा पहिलाका उत्पादन गरिएका भ्याक्सिनभन्दा प्रभावकारी रहेको दावी गरिएको छ । यो भ्याक्सिन कोरोनाको बिरामीहरुलाई बचाउनमा ९४.५ प्रतिशतसम्म प्रभावकारी रहेको दावी गरिएको छ ।

यो नयाँ भ्याक्सिनले सफलता पाएको खबरसँगै भारती बजारले नयाँ रेकर्ड बनाएको छ । दीपावालीको विदापछि खुलेको दोस्रो दिन मंगलबार भारतीय बजार बीएसआइ सेन्सक्स ४४ हजारभन्दा माथि पुगेको छ ।

बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण १७० लाख करोड भारतीय रुपैयाँ भारु पार गरेको थियो ।  मंगलबार सुरुवाती कारोबारमा सेन्सेक्स ४४ हजार १६१.१६ र निफ्टी १२ हजार ९३४.०५ मा पुगेर नयाँ स्तर छोयो । कारोबारी सत्रका क्रममा दुवै इन्डेक्सको अहिलेसम्मकै उच्च भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

त्यस्तै एसियाको बजारको प्रतिनिधित्व गर्ने जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.१७ प्रतिशतले बढेको जनाइएको छ । सोमबार उक्त सूचक उच्च स्तरमा पुगेको थियो । उक्त दिन सिंगापुर र इन्डोनेशियाको बेन्चमार्क दुबैले १ प्रतिशतको बढोत्तरीका साथ एशियाली शेयर बजारको नेतृत्व गरे ।

जबकि हङकङको शेयर ०.१ प्रतिशत र अस्ट्रेलियाको एसएण्डपी÷एएसएक्स २०० शेयर सूचक ०.२३ प्रतिशतले बढेको छ । एक दिन पहिले २९ वर्षको उचाईमा पुगेको जापानको निक्केई २२५ सूचक ०.२४ प्रतिशतले बढेको छ ।

7125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका