जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंकको संचालकमा सनराइज बैंकको पूर्व डेपुटी सीईओ राणा नियुक्त

नबिल बैंकको संचालकमा सनराइज बैंकको पूर्व डेपुटी सीईओ राणा नियुक्त

सनराइज बैंकको पूर्व डेपुटी सीईओ आशा राणा अधिकारी नबिल बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त भएकी छन् । कम्पनीको असार १४ गते बसेको संचालक समितिको ५३९ औ बैठकले स्वतन्त्र संचालकमा राणलाई नियुक्त गरेको हो । विगत ३2 वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत अधिकारी सनराइज बैंकमा स्थापना कालदेखि नै रहेकी छिन् । सनराइजमा प्रवेश गर्नुअघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा छ वर्षभन्दा बढी काम गरेकी छिन् ।त्रिभुवन विश्वविद्यालयबाट प्रथप एम.बि.ए.मा टप गरेकी अधिकारीले महेन्द्र विद्याभूषण लगायत विभिन्न विभूषण तथा स्वर्ण पदकहरु समेत प्राप्त गरेकी छिन् । उनले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक तालिमहरुमा समेत सहभागीता जनाएकी छिन् ।

12565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?