जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • युनियन लाइफको बीमाशुल्क ९१ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ५ अर्ब माथि

युनियन लाइफको बीमाशुल्क ९१ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ५ अर्ब माथि

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ९१ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७७ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ५६ प्रतिशतले घटेर २ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्यबाट आय १० करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ भने बीमालेख धितोकर्जा आयबाट २ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले यस अवधिसम्ममा चार हजार ३ सय ५३ टा दाबी वापत १३ लाख ९९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने ७३ करोड २५ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ५ अर्ब १२ अर्ब रुपैयाँ संचित रहेको छ ।

2995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका