जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • वित्तीय साक्षरता अभियानमा एनआईसी एशिया बैंक सक्रिय

वित्तीय साक्षरता अभियानमा एनआईसी एशिया बैंक सक्रिय

एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित उक्त अभियानअन्तर्गत बैंकका सातै प्रदेशस्थित शाखाहरूले स्थानीय विद्यालय तथा कलेजहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् । कार्यक्रममार्फत विद्यार्थी तथा युवाहरूमा वित्तीय ज्ञान, सीप तथा सकारात्मक वित्तीय व्यवहार विकास गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार अभियानअन्तर्गत देशभर सञ्चालन गरिएका ६७ भन्दा बढी कार्यक्रममार्फत ४ हजार १ सयभन्दा बढी विद्यार्थी तथा युवाहरू लाभान्वित भएका छन् । यससँगै वित्तीय साक्षरता सम्बन्धी जनचेतना अझ व्यापक बनाउन बैंकले विभिन्न सूचना तथा सचेतनामूलक सामग्री तयार गरी आफ्ना सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आयोजना गरिएका कार्यक्रमहरूले बालबालिका, विद्यार्थी तथा युवामाझ वित्तीय ज्ञान, सीप तथा जनचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुगेको बैंकले विश्वास व्यक्त गरेको छ ।

400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?