जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • सानिमा बैंकले ल्यायो निःशुल्क क्रेडिट कार्ड योजना

सानिमा बैंकले ल्यायो निःशुल्क क्रेडिट कार्ड योजना

सानिमा  बैंकले “अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्” नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेको छ ।

यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुनेछ । अनलाइन आवेदन बैंकको वेबसाइट वा https://cardrequest.sanimabank.com/credit-card/online-application बाट दिन सकिनेछ ।

यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिनुहुने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्ता (EMI) मा विशेष सुबिधा पाउन सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

6635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?