जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ९ प्रतिशत ब्याज दिने ज्योति विकास बैंकको ऋणपत्रमा साउन ३ गतेसम्म आवेदन भर्न पाउने

९ प्रतिशत ब्याज दिने ज्योति विकास बैंकको ऋणपत्रमा साउन ३ गतेसम्म आवेदन भर्न पाउने

ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप गर्दै साउन ३ गतेसम्म लम्ब्याईएको छ । बैंकको ऋणपत्रले वार्षिक ९ प्रतिशत ब्याज दिनेछ ।

ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्र बिक्री गरेको हो । जसमा ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सर्वासाधारणका लागि निष्कासन गरिने कुल ६ लाख इकाइमध्ये ५ प्रतिशतले हुने ३० हजार इकाइ सामूहिक कोषहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख ७० हजार इकाइमा सर्वसाधारणका लागि छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ३० हजार इकाइसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्र १० वर्ष अवधिको रहेको छ भने लगानीकर्ताहरुले वार्षिक ९ प्रतिशत ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

5530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?