जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विश्वराज पोखरेलसहितको दुई मुद्दा जेठ ३० मा एकसाथ सुनुवाइ हुने

विश्वराज पोखरेलसहितको दुई मुद्दा जेठ ३० मा एकसाथ सुनुवाइ हुने

नेपाल प्रहरीको आईजीपी नियुक्ति र एआईजीको बढुवा विरुद्धको मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ गर्ने आदेश दिएको हो ।

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल अदालतमा रिट दायर गरेका थिए भने एआईजीको बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए ।

एआईजीको बढुवाविरुद्धको रिटमा अदालतले प्रहरी प्रधान कार्यालय नक्सालको सहयोगमा विद्युतीय माध्यमबाट म्याद तामेल ७ दिनभित्र गराउन आदेश दिएको छ । यस सम्बन्धमा ३ दिनभित्र जवाफ दिन पनि अदालतले सरकारलाई आदेश दिइएको छ ।

3290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका