christmas creative writing activities animal adaptations homework help best university creative writing programs primary homework help vikings timeline research proposal writers in pakistan gcse english language creative writing revision creative writing aberdeen university online creative writing mfa programs help with cover letter for job unl creative writing phd we'll do your homework message in a bottle creative writing written business plan format cpm homework help integrated 2 geographical essay writer essay about doing good to others do my case study business analytics homework help write essay for me cheap cheap essay writing service australia hire a business plan writer m tech thesis purchase homework help nyc spacebattles creative writing big sister price quotation cover letter creative writing phd anglia ruskin creative writing on optimism elm will writing service pay someone to write thesis esl creative writing story starters
जोडिनुहोस
शुक्रबार, माघ ९, २०७७
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • कोरोनाको डर घटेको अवस्था छ । कोरोना घटेको अवस्था होइन । कोरोनाको डर हटेको अवस्था हो । त्यो डर घट्नु भनेको हामी फेरि पुरानो शैलीतिर फर्कदै छौं । त्यसकारण ग्राहकले सजिलो मान्ने र सहज शुल्क भयो भने डिजिटल कारोबार बढ्दै जान्छ (भिडियो सहित)

कोरोनाको डर घटेको अवस्था छ । कोरोना घटेको अवस्था होइन । कोरोनाको डर हटेको अवस्था हो । त्यो डर घट्नु भनेको हामी फेरि पुरानो शैलीतिर फर्कदै छौं । त्यसकारण ग्राहकले सजिलो मान्ने र सहज शुल्क भयो भने डिजिटल कारोबार बढ्दै जान्छ (भिडियो सहित)

अजयकुमार मिश्र नेपालको बैंक र वित्तिय क्षेत्रमा चिनाई राख्नु पर्ने नाम होइन । १३ भन्दा बढि बैंक र वित्तिय कम्पनीको व्यवस्थापकीय भूमिकामा निभाउन सफल बैंकर मिश्र सालिन स्वभाव र सोच विचार गरेर निर्णय लिने बैंकरहरुको सूचिमा पर्दछन् । अजयकुमार मिश्र बैकिङ र वित्तिय क्षेत्रमा मात्र होइन, सञ्चार र शिक्षण पेशाको समेत अनुभव भएका मिश्र प्रष्ट बोल्ने र सटिक विश्लेषण गर्ने बैंकर मानिन्छन् । माछापुच्छ्रे बैंकबाट बैकिङ्ग करिअर शुरु गरेका मिश्र प्रोडेन्सियल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ डेभपलमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत, जनता बैंक नेपालको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै पछिल्लो समय यूनाईटेड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छन् । युनाइटेड फाइनान्स कम्पनी लिमिटेडको वित्तिय अवस्था, कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असर र राष्ट्र बैंकका पछिल्ला गतिविधिबारे केन्द्रित रहि युनाईटेड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रसंग आर्थिक बजार मासिकका लागि बरिष्ठ पत्रकार भूपेन्द्र आचार्यले गरेको कुराकानी ः

युनाइटेड फाइनान्स कम्पनीको को वित्तिय अवस्था कस्तो छ ?
कोरोना प्रभाव व्यापकरुपमा परेको छ । युनाइटेड फाइनान्स कम्पनी लिमिटेडको लोन पोर्टफोलियोमा लोन फर हायर पर्चेज छ । त्यो पनि अधिकाशं निर्माण सामाग्रीमा प्रयोग हुने साधनहरुमा हामीहरुले कर्जा लगानी गरेका छौं । निर्माण उद्योग प्रभावित भएको अवस्थामा स्वभाविकरुपमा ति कर्जाहरु प्रभावित भएका छज् ।

त्यस हिसाबमा हेर्नुहुन्छ भने यूनाईटेड फाइनान्सको वित्तिय अवस्थामा नाफा बढेको देखिदैन । तर, विस्तारै अहिले आएर सुधार हुँदै गएको अवस्था चाहि पक्कै छ । असोज पछि मंसिरसम्म आइपुग्दा हामीले ५० प्रतिशत ओभरडूउ उठाएका छौं । विस्तारै हामी सुधार तर्फ उन्मुख भएका छौं । यो आर्थिक वर्षको अन्तसम्ममा युनाइटेड फाइनान्सको वित्तिय अवस्था सबल र झन सशक्त हुनेछ नि ।

युनाइटेड फाइनान्स कम्पनी लिमिटेडमै वित्तिय कारोबार गर्नुपर्ने कारण चाहि के होला ?
फाइनान्स कम्पनीहरु मध्ये सबल र बलियो फाइनान्स कम्पनी युनाइटेड फाइनान्स कम्पनी हो । यसको चुक्ता पुँजीको हिसाबमा सबैभन्दा बलियो हो । १ अर्ब ४ करोड चुक्ता पुँजी भएको फाइनान्स कम्पनी हो । यस कम्पनीका प्रमोटरहरु नेपालमा एकदम कहलिएका, प्रतिष्ठित, इज्जतदार घरानाहरु हुनुहुन्छ ।

कम्पनीका प्रमोटरहरु नेपालमा एकदम कहलिएका, प्रतिष्ठित, इज्जतदार घरानाहरु हुनुहुन्छ । अर्को कुरा नेपालको एकमात्र फाइनान्स कम्पनी युनाइटेड फाइनान्स जसमा विदेशी लगानी छ । 

अर्को कुरा नेपालको एकमात्र फाइनान्स कम्पनी युनाइटेड फाइनान्स जसमा विदेशी लगानी छ । युनाइटेड फाइनान्समा मुत्थुड फाइनान्सको झण्डै झण्डै २१ प्रतिशत शेयर होल्डिङ छ । मुत्थुड फाइनान्स छिमेकी मुलुक भारतको ५ हजार भन्दा बढि शाखा सञ्जाल भएको निकै ठुलो फाइनान्स कम्पनी हो । गोल्ड लोनमा संसारकै सबैभन्दा ठूलो कम्पनी हो । त्यस हिसाबमा पनि नेपालमा अरु फाइनान्स कम्पनीहरुमा युनाइटेड फाइनान्स कम्पनी सबैभन्दा सबल र सक्षम रहेको छ ।

युनाइटेड फाइनान्स कम्पनीका मुख्य सेवाहरु फाइनान्स कम्पनीहरु भन्दा के के फरक रहेका छन् ?
हामीले सबै प्रकारको कर्जा प्रवाह गरेका छौं । अन्य फाइनान्स भन्दा हामीले अलिकति बढि कर्जा गोल्डमा गरेका छौं र आउदो आर्थिक वर्ष भित्रमा सबै शाखाबाट गोल्ड लोन दिने योजना बनाएका छौं । अर्को कुरा हामीले कस्टमर सर्भिस र स्याटिस्फ्याक्सनमा पहिलो प्राथमिकता राखेका छौं । हाम्रो सिष्टमहरु अटोमेटेट छ । हामी कहाँ कर्जा स्वीकृती प्रकृया पनि अटोमेटेट नै छ ।

केही अप्ठ्यारा क्षतीहरु छन् । केही दीर्घकालिन क्षतीहरु छन् । त्यसैले यो ठक्कै रुपैयामा यति क्षती भयो भनेर भन्दा पनि क्षती निकै ठूलो छ । दीर्घकालिन क्षती छ । यसबाट निस्कन चाहिँ निकै लामो समय लाग्छ ।

युनाइटेड फाइनान्सको शाखा सञ्जाल कति छन्, र बिस्तारको योजना के छ ?
अहिले हाम्रो २३ वटा शाखा सञ्जालहरु छन् । भने ५ वटा शाखा हामी चाडैनै खोल्दै छौं । यो आर्थिक वर्षको अन्त्यसम्मा २८ देखि ३० वटा शाखा सञ्जालबाट सेवा प्रवाह गछौं नि ।

प्रसं· बदलौ, कोरोना भाइरसका कारण डिजिटल कारोबार बढेको कुरा मान्नुहुन्छ तपाई ?
डिजिटल कारोबार बढेको छ । यसको दुईवटा कारणहरु छन् । एउटा कारण कोरोनाको कारणले राष्ट्र बैंकले केही नीतिगत परिवर्तनहरु ल्यायो । जस्तै विद्युतीय कारोबारहरु निशुल्क गर्ने । एटिएमकै कुरा गरौं । निशुल्क गर्दा स्वभाविकरुपमा कारोबार बढेकै हो । फेरि शुल्क लगाउने तिर जादैछौं । त्यो शुल्क नोमिनल भयो भने डिजिटल कारोबार बढेको बढेकै हुन्छ । शुल्क उपभोक्तालाई मार पर्ने खालको भयो भने फेरि यो घट्न थाल्छ । किनकी बजारमा देखिरहनु भएको छ । कोरोनाको डर घटेको अवस्था छ । कोरोना घटेको अवस्था होइन । कोरोनाको डर हटेको अवस्था हो । त्यो डर घट्नु भनेको हामी फेरि पुरानो शैलीतिर फर्कदै छौं । त्यसकारण ग्राहकले सजिलो मान्ने र सहज शुल्क भयो भने डिजिटल कारोबार बढ्दै जान्छ ।

संस्थागत निक्षेपमा व्यक्तिगत निक्षेप भन्दा कम ब्याजदर दिनु । संस्थागत निक्षेपमा पब्लिक ब्याजदर भन्दा बढि ब्याजदर दिन नपाउने यो नीतिगत व्यवस्था हो । यो सबैको पृष्ठभूमि हेरेर नेपाल राष्ट्र बैंकले कर्जामा पटक/पटक एकल ब्याजदर कायम गरिनेछ भन्ने एउटा नीतिगत व्यवस्था गर्न खोेजेको हो ।

नेपालको अर्थतन्त्रलाई कोरोना भाइरसले पु¥याएको छ, क्षतीलाई कसरी लिनुहुन्छ ?
क्षती त एकदमै ठूलो छ । किन ठूलो छ भन्दा केही क्षतीहरु आकलन गर्न भ्याइएको छैन । केही अप्ठ्यारा क्षतीहरु छन् । केही दीर्घकालिन क्षतीहरु छन् । त्यसैले यो ठक्कै रुपैयामा यति क्षती भयो भनेर भन्दा पनि क्षती निकै ठूलो छ । दीर्घकालिन क्षती छ । यसबाट निस्कन चाहिँ निकै लामो समय लाग्छ ।

ठूला र संस्थागत डिपोजिटकर्ताहरुलाई सीइओ साबहरुले रेस्पन्स नगर्ने, बैंक र वित्तिय संस्थामा तरलता भएको अवस्था, व्याज घटेको अवस्था यस्तो अवस्थाले डिपोजिटकर्ताहरुलाई कस्तो असर पर्छ ?
यो नीतिगत चिज हो । संस्थागत निक्षेपमा व्यक्तिगत निक्षेप भन्दा कम ब्याजदर दिनु । संस्थागत निक्षेपमा पब्लिक ब्याजदर भन्दा बढि ब्याजदर दिन नपाउने यो नीतिगत व्यवस्था हो । यो सबैको पृष्ठभूमि हेरेर नेपाल राष्ट्र बैंकले कर्जामा पटक/पटक एकल ब्याजदर कायम गरिनेछ भन्ने एउटा नीतिगत व्यवस्था गर्न खोेजेको हो ।

अघिल्लो गर्भनरदेखि नै यो छलफलका विषय हुन् । अहिले आएर एकल ब्याजदर कायम भएको छ । नेपालका कर्जाको औषत ब्याजदर ९.८३ प्रतिशत कायम भएको छ । त्यसको लागि निक्षेपको ब्याजदर घटाउनु प¥यो नि । पहिला जनता भन्दा संस्थागत निक्षेपले ब्याजदर बढि पाउथे भने अब संस्थागत निक्षेप भन्दा आमजनताले बढि ब्याज पाउनुपर्छ भन्ने हिसाबमा यो नीतिगत व्यवस्था आएको हो । संस्थागत निक्षेपलाई वास्ता गरिएन भन्ने प्रश्न छ । अहिले तपाईहरुलेनै हेरिरहनु भएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुको ब्यालेन्ससिट म्यानेज भएको थियो । कोरोनाको प्रभावबाट उद्योग व्यवसाय उम्केको अवस्था होइन । रिल्याक्ससेसन सिधियो । अब त यो आर्थिक वर्ष बैंकहरुको लोनलस प्रोभिजन बढ्छ । त्यो भनेको कोरोनाको असर देखिनु हो । अर्को डिफल्ट रेट बढ्छ ।

तरलता फालाफाल छ । बैंकहरुको औषत कर्जा लगानी ७२ प्रतिशत छ । सिसिडियो रेसियो भन्छ हामीले यो ८५ प्रतिशत सम्म गर्न पाइन्छ । भनेपछि त्यहाँ १३ प्रतिशत त खाली नै छ । मलाई डिपोजिट नै चाहिएको छैन । भने म संस्थागत ठूलो निक्षेपको पछि किन लाग्ने ? ठूला निक्षेपकर्ताहरुको पछि लाग्नु पर्ने अवस्था त छैन नि अहिले । अवस्था त्यो हो । जुन दिन कर्जाको माग बढ्न थाल्छ ।

कोरोनाको प्रभावबाट हामी बाहिर आउँछौं अनि कर्जाको माग बढ्न जान्छ । त्यतिबेला हामी फेरि ठूलो निक्षेपकर्ता कहाँ जान बाध्य हुन्छौं । यो चक्र कहिले फालाफाल छ निक्षेप कर्जा प्रवाह छैन । भोलि निक्षेप चाहिन्छ तर, अलिकति राम्रै भन्छु म संस्थागत निक्षेप भन्दा आमजनताले बढि ब्याजदर पाउने कुरा एकदमै सकारात्मक पक्ष चाहि हो ।

तपाई प्रष्ट बोल्ने व्यक्ति मलाई भनिदिनुस् यो कोरोना भाइरसले नेपाली बैंक तथा वित्तिय संस्थामा अवसर र चुनौतीहरु कस्ता कस्ता आए ?
चुनौतीहरु धेरै ल्यायो । मैले इमान्दारीपूर्वक भन्नुपर्दा बैंकहरुको ब्यालेन्ससिटमा कोरोनाको असर अहिलेसम्म देखिएको छैन, अब देखिन्छ । किन देखिन्छ भने असारसम्म राष्ट्र बैंकले केही रिल्याक्ससेसन दिएको थियो । लोनप्रोभिजनकै कुरा गरौं । रिस्याडुलकै कुरा गरौं रिल्याक्ससेसन थियो । त्यसले गर्दा बैंक तथा वित्तिय संस्थाहरुको ब्यालेन्ससिट म्यानेज भएको थियो । कोरोनाको प्रभावबाट उद्योग व्यवसाय उम्केको अवस्था होइन । रिल्याक्ससेसन सिधियो । अब त यो आर्थिक वर्ष बैंकहरुको लोनलस प्रोभिजन बढ्छ । त्यो भनेको कोरोनाको असर देखिनु हो । अर्को डिफल्ट रेट बढ्छ ।

जस्तै एउटा सवारी साधनमा ९÷१० महिना भईसक्यो किस्ता तिर्न सकेको छैन । उसले १२ किस्ता भएपछि कहाँबाट पैसा तिर्ने । अब के हुन्छ भन्दा डिफल्ट रेट बढ्छ । भनेपछि बैंकिङ्ग सिस्टममा एनपिल घढ्छ । ननप्रपरिङ्ग एसेट बढ्छ, बैंकको मुनाफा घट्छ ।

डिजिटल बैंकिङ्गमा जाने अवसर चाहि यहि हो । यति बेला डिजिटल बैंकिङ्गमा लगानी गर्नुपर्छ । त्यसले विभिन्न किसिमको जोखिम घट्दो रहेछ । त्यो चाहिँ एउटा अवसरको रुपमा आएको छ । त्यसैले चुनौतीहरु आउन, देखिन बाँकी छन् । चाडैनै देखिन्छ ।

नेपाल राष्ट्र बैंकका गर्भनरले मौद्रिक नीति समिक्षा गर्दै एटिएम लगायत, शेयर कर्जा लगायत विभिन्न कर्जाहरुमा केही फरक कुराहरु ल्याउन खोजेको जस्तो आयो, यसले गर्दा बैकि· क्षेत्रमा कस्तो असर पर्ला ?
मौद्रिक नीतिको पहिलो फस्ट क्वाटर रिभ्यू पूर्णरुपमा आइसकेको अवस्था होइन । धेरै हेर्नु भयो भने गरिनेछ भन्ने भाषा प्रयोग भएको छ । त्यो भनेको राष्ट्र बैंक अध्ययन गर्दै छ । तथ्याङ्कहरु संकलन हुर्दैछ । त्यसपछि कुन बाटो जाने त ? त्यो बाटोको निर्देशन आउन बाँकी छ । हो विद्युतीय कारोबारमा अलिकति सुध्रिन पाउने व्यवस्था गरिदैछ । आवश्यक पनि छ ।

केही अनियन्त्रित भएको छ भने त्यसलाई नियन्त्रित गर्ने हो । त्यो भनेको बैंक तथा वित्तिय संस्थाले त्यो बजार कत्तिको लगानी गरेको रहेछ त्यसलाई अलिकति नियन्त्रित गर्ने खालको केही आउन सक्ला । प्रत्यक्ष बजारमा असर गर्ने खालको केही आउला जस्तो मलाई चाहि लाग्दैन ।

किनभने बैंकहरुको झण्डै झण्डै ४ अर्ब रुपैया एटिएम सञ्जालमा लगानी भएको छ नि । ४ अर्ब लगानी गरेर १ पैसा पनि फाइदा नहुनु त त्यसलाई निरुत्साहित गर्नु हो । भोलि मैले एटिएम किन राख्ने त ? अलिकति शुल्क लगाउने व्यवस्था न्यायोचित हुन्छ । मैले पहिला नै भनिसके ग्राहकले थेग्न सक्ने जति । यहाँ नाफा होइन । सञ्चालन खर्च (लागत) उठ्ने गरी मात्र शुल्क लिन पायो भने त्यसलाई निरन्तरता दिन सकिन्छ । शेयर बजारको कुरामा तथ्याङ्कहरु संकलन हुँदैछन् ।

मलाई के लाग्छ भन्नु हुन्छ भने त्यसबाट बजारलाई असर गर्ने खालका कही चिज आउँला जस्तो मलाई लाग्दैन । केही अनियन्त्रित भएको छ भने त्यसलाई नियन्त्रित गर्ने हो । त्यो भनेको बैंक तथा वित्तिय संस्थाले त्यो बजार कत्तिको लगानी गरेको रहेछ त्यसलाई अलिकति नियन्त्रित गर्ने खालको केही आउन सक्ला । प्रत्यक्ष बजारमा असर गर्ने खालको केही आउला जस्तो मलाई चाहि लाग्दैन ।

बैंक तथा वित्तिय संस्थामा सञ्चालकहरुको हस्तक्षेप बढेको देखिन्छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुका सीइओ साबहरुले जागिर छोड्दै गएको अवस्था बढ्दै गएको छ । यो विषयलाई तपाई कसरी लिनुहुन्छ ?
नेपालको बैकिङ्ग फरक फरक किसिमले चलेको छ । केही संस्था एकदम संस्थागत सुशासनमा चलेको अवस्थामा छ । केही संस्था चाहि संस्थागत सुशासनलाई मिचेर आक्रमक व्यापार विस्तार र मुनाफा बृद्धिमा लागेका अवस्था छ ।

कोरोनाको कारणले राष्ट्र बैंकले केही नीतिगत परिवर्तनहरु ल्यायो । जस्तै विद्युतीय कारोबारहरु निशुल्क गर्ने । एटिएमकै कुरा गरौं । निशुल्क गर्दा स्वभाविकरुपमा कारोबार बढेकै हो । फेरि शुल्क लगाउने तिर जादैछौं । त्यो शुल्क नोमिनल भयो भने डिजिटल कारोबार बढेको बढेकै हुन्छ । शुल्क उपभोक्तालाई मार पर्ने खालको भयो भने फेरि यो घट्न थाल्छ । किनकी बजारमा देखिरहनु भएको छ । कोरोनाको डर घटेको अवस्था छ । कोरोना घटेको अवस्था होइन । कोरोनाको डर हटेको अवस्था हो ।

जब केही संस्थाले एउटै बजार भित्र आक्रमक बजार बिस्तार गर्न थाल्छ । आक्रमक मुनाफा बृद्धि गर्न थाल्छ भने त्यो दबाब सबै संस्थामा आउँछ । त्यो दबाब थेग्न सकेन भने सीइओ बर्हिगमनको बिकल्प हुँदैन । सबैले संस्थागत सुशासन मिचेर हिड्ने बाटो अपनाउन सक्दैन । त्यो नसक्दा खेरी दबाब भयो, बाहिरिनु प¥यो भन्ने जस्ता कुराहरु आउँछन् ।

पछिल्लो समयमा नयाँ अर्थमन्त्री आएसंगै शेयर कारोबार बढ्नु र बैंक तथा वित्तिय संस्थाको ब्याजदर घट्नुको कारण चाहि के होला ?
यसका चार वटा कारणहरु छन् । पहिलो ब्याजरद घट्यो तरलता फलाफला छ सहजरुपमा पैसा उपलब्ध छ । आजका दिनमा ७.५० प्रतिशत व्याजदरमा पैसा उपलब्ध भएपछि त्यहाँ अलिकति लगानीका बातावरण बन्यो । दास्रो जग्गाको कित्ता काटमा समस्या छ । रियलस्टेट कारोबार सिथिल अवस्थामा बसेको छ । व्यवसायीहरु केही न केही त गर्नु प¥यो उनीहरुको लगानी शेयरबजारमा गयो । तेस्रो अलिकति राजनीतिक सेन्टिमेन्ट हो ।

बर्तमान अर्थमन्त्री हुँदा नेप्सेले अल्याङ खाई अभ्यन्तु पहिल्याएको थियो । मार्केटसेन्सले के बुझ्यो फेरि आउनु भएको छ । शेयरबजारलाई सबै चिज राम्रो हुन्छ भन्ने एउटा सेन्टिमेन्ट इमोसनले पनि मार्केट बढाएको हो ।

चार अहिले मान्नुस नमान्नुस बैंक तथा वित्तिय क्षेत्र बीमा कम्पनीहरु, स्टक डिलर कम्पनीहरु एग्रेसीपरुपमा शेयर मार्केटमा प्रवेश भएको छ । त्यसले कारोबारलाई बढाएको छ ।

नेपाल राष्ट्र बैंकले कोरोना पीडित ऋणीहरुको धितो लिलाम गर्दा खेरी ६ महिना पुगेको त्यो भन्दा अगाडी गर्न नपाउने भन्ने कुरा पछिल्लो समयमा चर्चमा आयो यसले गर्दा बैंक तथा वित्तिय संस्थाहरु धरासायी हुने खतरा कत्तिको छ ?
नाई त्यो त कसरी हेरौं भन्दाखेरी त्यो रिल्याक्ससेसन पनि आउला । जस्तो ६ महिना मैले लिलाम गर्न नपाइन कानुनी प्रक्रिया अगाडी बढाउन पाइन भने त्यो कर्जामा ५० प्रतिशत प्रभिजन गर्नु पर्छ ।

१८० दिन त कट्यो भनेपछि मलाई त्यो लिलाम नगर भनिदिने संस्था वा निकायले ६ महिनालाई प्रोभिजन ५ प्रतिशत मात्र गर । जस्तै असार मसान्तसम्म भनियो उसमा रेगुलरलाई ५ प्रतिशत गर्दा पुग्यो १८० दिन । भन्दा के चाहि भनिदिनु प¥यो त ल न फेरि पुषसम्म पैसा नतिर्नेलाई लिलाम चाहि नगर्नु ५० प्रतिशत प्रभोजिन गर्नु पर्दैन । ५ प्रतिशत मात्र गर्दा हुन्छ । बैंक जोगियो नि यति गर्दा । अब लिलाम पनि नगर पैसा पनि उठाउने, अनि प्रोभिजन ५० प्रतिशत गर भन्यो भने त्यसको असर धेरै ठुलो पर्छ ।

पछिल्लो समय कर्जा बढेकै हो त ?
धेरै बढेको होइन । तानातान र खोसाखोस चाहि बढेको हो । कुनै बैंकको बढेको छ भने अर्को बैंकको घटेको छ । नयाँ कर्जा लगानी खासै बढेको होइन । जुन गतिमा बढ्नु पर्नेे थियो त्यो गतिमा बढेको होइन ।

तपाई पहिला पत्रकार, त्यसपछि ३६ वर्षको उमेरमा बैंकि· क्षेत्रमा प्रवेश गर्नुभयो र १६÷१७ वर्षमा तपाई १ दर्जन भन्दा बढि संस्था परिवर्तन गर्नुभयो, यो संजोक हो कि के हो ?
मैले सेवा प्रवेश गर्दा सरकारी निकायमा लेखा अधिकृतको हैसियतबाट सुरु गरेको हुँ २०४७ सालमा । त्यसपछि मैले विदेशी निकायतिर काम गर्न थाले । त्यसपछि देशको राजनैतिक अवस्थाको कारण म काठमाडौं फर्किने क्रममा नेपाल टेलिभिजनमा प्रवेश गरे । त्यसपछि म लगायत भास्कर जी, रमाजी भएर एभिन्यूज टेलिभिजनतिर लाग्यौ । एभिन्यूज टेलिभिजन सञ्चालनमा नआउँदै मैले माछापुच्छ्रे बैंकबाट बैकिङ्ग करिअर सुरु गरेको अवस्था हो ।

अजयकुमार मिश्र सीइओ बाहेक अरु पदमा टिक्न सक्दैन भन्नेहरुको पनि कमी छैन, यसलाई कसरी लिनुहुन्छ ?
त्यो स्वभाविकरुपमा पनि हो । किनभने एकपटक सीइओ भएर संस्था चलाएपछि जुन तरिकाले काम गर्नु छ त्यो तरिका पक्कै पनि डेपुटी सीइओको पदमा पाइदैन जस्तै म जनता बैंकमा डेपुटी सीइओ थिए ।

२ वर्ष जनता बैंकमा डिपुटी सीइओ भएर काम गर्दा म आफूलाई १० दिन पनि सन्तुष्ट महसुस गरिन त्यसकारण म त्यहाबाट भोलिन्टर रिटायरमेन्ट दिएर निस्केर अहिले सि क्लासको फाइनान्स कम्पनीमा आएको अवस्था हो ।

१३ वटा संस्थामा काम गर्नु भयो यी संस्थाहरुमा काम गर्दा भोगेका कुनै स्मरणीय कुराहरु केही छ ?
मैले सबैभन्दा बढि रमाएको र सन्तुष्टि भएको संस्था नेपाल टेलिभिजन हो । कारण २ वटा पहिला मेरो पद धेरै ठुलो थिएन । म संस्था प्रमुख थिइन । त्यही हुँदा हुँदै पनि मैले चाहेको योजनाहरु, मैले चाहेका तरिकाले प्रफमेन्सहरु गर्न पाउथे गरे पनि र नेपाल टेलिभिजनको इतिहासमै म त्यहाँको व्यापार महाशाखामा हुँदा खेरी नेपाल टेलिभिजनको कर्मचारीहरुले पहिलो पटक बोनस खान पाएको अवस्था आयो ।

मैले टनअराउन गरेको संस्था प्रुडेन्सियल फाइनान्स कम्पनी लिमिटेडर सिद्धार्थ डेभलपमेन्ट बैंक हो । मैले त्यो बेला दुईवटा संस्था जिम्मा लिए । दुईवटै संस्था बिग्रेर डुब्न लागेको अवस्थामा थियो र मैले छोड्ने दिनमा दुईवटै संस्था अत्याधिक शेयरधनीहरुलाई मुनाफा र सम्मानजनक मर्जरमा गएर । शेयरधनी र निक्षेपकर्ताको हित भएको संस्था हो । त्यस हिसाबमा भन्नु हुन्छ भने बैकिङ्गमा चाहि प्रुडेन्सियल फाइनान्स र सिद्धार्थ डेभलपमेन्ट बैंक सबैभन्दा ठूलो सन्तुष्टिको क्षेत्र हो । नन बैकिङ्गमा नेपाल टेलिभिजन ।

तपाई जहाँ जहाँ प्रमुख कार्यकारी अधिकृत भएर जानुभयो ती संस्था मर्ज गराउनु भयो । आज तपाई युनाईटेड फाइनान्समा हुनुहुन्छ यसलाई पनि मर्जर गराउने इच्छा हो तपाईको ?
यसको अलिकति फरक किसिमको प्याटन छ । यूनाइनेट फाइनान्समा नम्बर १ विदेशी लगानी छ । नम्बर २ यसको प्रमोटरको ब्यागराउण्ड हेनुभयो भने नेपालका सबैभन्दा ठूला उद्योगी व्यावसायी हुनुहुन्छ । अब उहाँहरुले यो संस्थालाई फाइनान्स कम्पनीको रुपमानै राख्ने भनेर २५ वर्षदेखि यसलाई फाइनान्सकैरुपमा राखेको अवस्था हो । यसकारण यो संस्था वाई डिफल्ट, वाई नेचर अरुमा मिसिन जाने खालको संस्था होइन । नेपालमा फाइनान्स कम्पनी नीतिगत रुपमा रहेसम्म यो संस्था रहन्छ ।

कोरोनाको प्रभावबाट हामी बाहिर आउँछौं अनि कर्जाको माग बढ्न जान्छ । त्यतिबेला हामी फेरि ठूलो निक्षेपकर्ता कहाँ जान बाध्य हुन्छौं । यो चक्र कहिले फालाफाल छ निक्षेप कर्जा प्रवाह छैन ।

कोरोनाको महामारी अझै टरेको छैन । अब राष्ट्र बैंकले ऋाणीलाई र बैंक तथा वित्तिय संस्थाहरुलाई के गर्नु पर्छ ?
केही अध्ययनहरु भएका छन् । अध्ययनका प्रतिवेदनहरु सरकार र राष्ट्र बैंकमा आएको अवस्था छ । त्यो भन्दा छुट्ट अध्ययन अहिले एफएनसीसीआईले एउटा कार्ययोजना सहितको अध्ययन गरेको छ । सीएनआईले पनि एउटा अध्ययन प्रतिवेदन तयार गरेको अवस्था छ । सीएनआई र एफएनसीसीआईले तयार पारेको अध्ययन प्रतिवेदनमा व्यवसायीहरुको समस्या र गरिनु पर्ने कामहरु त्यहाँ समावेश भएका छन् । हामी के चाहान्छौं भने ती व्यवसायीहरुलाई राहत दिनै पर्छ । व्यवसायी राम्रो बन्यो भन्ने बल्ला बैंक तथा वित्तिय संस्था राम्रो हुने हो । तिनीहरुलाई राहत दिँदा बैंक तथा वित्तिय संस्थाहरुलाई पनि प्रोटेक्सन चाहि हुनु प¥यो । बैंक तथा वित्तिय संस्थाहरुको ब्यालेन्ससीटलाई पनि जोगाउन आवश्यक छ ।

अन्त्यमा केही छ ?
हामी सबै गम्भिर मोडमा छौं । कोरोनाको दिगो प्रभाव छ । केही देखिएका प्रभाव छन् । केही नदेखिएका प्रभाव छन् । बेरोजगारी बढेको अवस्था छ । निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुले लामो समयदेखि तलब नपाएको अवस्था छ । शिक्षण पेशामा लागेमा शिक्षकहरुले लामो समयदेखि तलब नपाएको अवस्था छ ।

युनाईटेड फाइनान्स कम्पनी लिमिटेड वाई डिफल्ट, वाई नेचर अरुमा मिसिन जाने खालको संस्था होइन । नेपालमा फाइनान्स कम्पनी नीतिगत रुपमा रहेसम्म यो संस्था रहन्छ ।

यो सबैले दीर्घकालिन असर पार्नेवाला छ । त्यसलाई जोगाउन सबै क्षेत्र मिलेर एउटा राष्ट्रियस्तरमै इकोनोमि पुर्नस्थापना गर्नको लागि योजना बनाएरनै अगाडी बढ्नुको विकल्प छैन ।

चर्चा परिचर्चा सुन्छु । यतिबेला चाहिँ वास्तबमा सबै स्टेक होल्डर राखेर गोलमेचको सम्मेलन गरेर कोरोनाको प्रभावबाट कसरी बाहिर निस्कने त्यो चाहि छलफल भएर अगाडी बढ्ने बेला चाहि हो । आर्थिक बजार मासिक वर्ष ९ अंक ५

भिडियो हेर्नुहोस्

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका