जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार सम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते एक दिन बुक क्लोज गर्ने भएकाले चैत ६ गते आइतवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको छ । 

सभा होटल भिष्वा बीरगंज पर्सामा बिहान ९ बजे गर्ने जानकारी गराएको हो । साथै सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसधारण शेयरको ६०ः४० अनुपातलाई परिवर्तन गरि ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव  पनि पारित गर्नेछ ।  

2905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका