जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१

समाचार

बैंकिङ कसुरमा पक्राउ

बैंकिङ कसुरमा पक्राउ

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ फागुन २० गतेको फैसलाले ९ लाख ५० हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय भई फरार रहेका कमल गाउँपालिका ५ घर भएका ३० वर्षीय सुजन देवानलाई उनकै घरवतनबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी वहुविवाह मुद्दामा जिल्ला अदालत झापा भद्रपुरको २०७५ जेठ १३ गतेको फैसलाले ५ हजार रुपैयाँ जरिवाना  र १ वर्ष कैद सजाय ठहर भएकोमा २७ दिन कैद असुल भई बाँकी ११ महिना ३ दिन बेरुजु रही फरार रहेका ईलाम चुलाचुली गाउँपालिका ४ घर भएका ३० वर्षीय बीर बहादुर लिम्बुलाई उनकै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

7535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका