जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अनिल शाहलाई स्पष्टिकरण किन ? एउटा शब्दले शेयर बजारमा चमत्कार

अनिल शाहलाई स्पष्टिकरण किन ? एउटा शब्दले शेयर बजारमा चमत्कार

भूपेन्द्र आचार्य । अनिल केसरी शाह आफैमा चर्चित नाम हो । बैंकिङ्ग क्षेत्रमा शाहको चर्चा सधै चुलिरहने गर्दछ । केही दिन अगाडि एउटा अनलाईनमा नबिल बैंक लिमिटेडका सीइओ एवं नेपाल बैंकर संघका पूर्व अध्यक्ष अनिल केशरी शाहले एनआईसी एसिया बैंकको प्रतिस्पर्धी भएको बताएका थिए । त्यसको लगत्तै एनआईसी एसिया बैंकको शेयर करिब ६ को हाराहारीमा पुगेको छ । तर बजारमा एउटा चर्चा पनि छ । नबिल बैकका सीइओ शाहलाई बैंकको संचालक समितिले उक्त विचार बोलेकोमा स्पष्टिकरण नै सोधेको छ ।

यदि सोधेको हो भने त्यसमा कुनै तुक छैन । एउटा सीइओले अर्को बैंकको प्रगति बारे बोल्न पाउदैन भन्ने कुनै कानुनमा छैन राष्ट्र बैंकको निर्देशनमा पनि छैन होला । यति चाहिँ सत्य हो कि नुनको सोझो हुनु पर्दछ ।

अर्को कुरा के छ भने शाहको एउटा शब्दले शेयर बजार चम्किएको सत्य हो नि भन्नेहरुको पनि बजारमा कम छैनन् ।
सधैं राष्ट्र बैंकले सबै बाटोमा शाहलाई छेक्दै आएपनि डिपुटी सीइओबाट नविल बैंक पुगेका शाहकै कारण नाफामा अघिल्लो क्वाटरमा नविल १ नम्बरमा आएको थियो । यो सत्यतालाई बिर्सनु भने हुँदैन ।

अहिले बजारमा बिग मर्जरको चर्चा छ । तर, नविल बैंक लिमिटेडका सीइओ शाह यसको विपक्षमा अभिव्यक्ति दिँदै आएका छन् । उनीले अभिव्यक्ति दिएकै दिन फेरी शेयर बजार सोमबार घटेको छ । त्यसकारण बैंकर शाहको बोलीमा दम छ भन्नेहरुको पनि बजारमा कम छैनन् । लुकेर बैंक चलाउने सीइओहरुलाई सधैं चुनौती बनेका शाह प्रचारमुखी छन् । यी आरोपले नै संसार चिनाउने हो । व्यापार बढाउने हो । भन्ने कुरा शाहबाटै अरु बैंकहरुले सिक्नु पर्ने देखिन्छ ।

मेगा बैंक नेपाल लिमिटेडलाई जन्माएर १० अर्बको चुक्ता पुँजीको बैंक बनाए र नबिल बैंक पुगेका बैंकर शाहका अन्र्तवार्ता देखि सानो तिनो कमेन्ट र लेखले नेपाली बैंकिङ्ग क्षेत्रमा सधै हलचल नै ल्याउने गरेको छ । बैकिङ्ग क्षेत्रमा सत्रै चर्चामा रहने नविल बैंकका सीइओ शाहकै शब्द सापटी लिने हो भने नेपालका २८ वाणिज्य बैंकहरु मध्ये नविल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंककै चर्को प्रतिपर्धा नाफामा देखिन्छ ।
जे भएपनि बैंकरको बोलीले जनताको डिपोजिट हल्लीन पनि सक्दछ । नेताको बोलीले ताली मात्रै आउने गर्दछ । सचेत भया ।

9840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका