जोडिनुहोस
सोमवार, पुस २८, २०८२
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • बैंक अफ काठमाण्डूका ग्राहकलाई नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क क्षेणीको मान्यता प्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्न बहादुर खड्का र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालि, रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् ।

बैंकले हाल बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

7205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका