जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • इसेवा प्रयोगकर्ताले भाइबरबाटै टपअप र पैसा पठाउन सक्ने

इसेवा प्रयोगकर्ताले भाइबरबाटै टपअप र पैसा पठाउन सक्ने

इसेवा प्रयोगकर्ताहरुले भाइबरबाटै मोबाइल टपअप र पैसा पठाउन सक्ने भएका छन्।

 

इसेवा र राकुटेन भाइबरले बुधबार उक्त सेवाको औपचारिक घोषणा गरेका छन्। इसेवा प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमा रहेको भाइबर एपमा गइ पैसा पठाउन वा मोबाइल टपअप गर्न सक्ने छन्।

भाइबर एप खोली प्रयोगकर्ताहरुले जीआइएफ अप्सनमा गइ एक्स्टेन्सन्समा रहेको इसेवाको आइकन छनोट गर्नु पर्नेछ। त्यसपछि प्रयोगकर्ताहरुले आफ्नो इसेवा आइडीलाई आफ्नो भाइबर एकाउन्टसँग लिंक गर्नुपर्ने इसेवाले जनाएको छ।

इसेवा एकाउन्ट नभएका प्रयोगकर्ताहरुले त्यहीबाट नयाँ खाता खोल्न सक्नेछन्। प्रयोगकर्ताहरुले इसेवा आइडी र पासवर्ड हालेर इसेवा खाता भाइबरसँग लिंक गर्न सक्ने बताइएको छ। लगइन गरेपछि प्रयोगकर्ताहरुलाई इसेवाले सम्बन्धित फोन नम्बरमा वान टाइम पासवर्ड (ओटीपी) पठाउँछ। त्यसपछि प्रयोगकर्ताहरुले सर्तहरुमा सहमति जनाएर ओटीपी हालेर भाइबरसँग इसेवा खाता लिंक गर्न सक्ने छन्।

प्रयोगकर्ताहरुले चाहेकै समयमा भाइबरसँग लिंक भएको आफ्नो इसेवा खाता तुरुन्तै अनलिंक गर्न सक्ने सुविधा राखिएको छ। भाइबरबाटै टपअप र पैसा पठाउन इसेवा खाता अनिवार्य हुनुपर्ने छ। प्रयोगकर्ताहरुले भाइबरबाट नेपाल राष्ट्रबैंकले तोकेकै भुक्तानी सीमा कायम गरिएको इसेवा प्रमुख अपरेटिङ अफिसर (सीओओ) रोशन लामिछानेले जानकारी दिए।

राष्ट्र बैंकले एजेन्ट वा सब-एजेन्टबाट वालेटमा प्रतिदिन २५ हजार रुपैयाँ र प्रतिमहिना एक लाख रुपैयाँ सीमा तोकेको छ। यस्तै, बैंक खाताबाट वालेटमा, वालेटबाट अन्य बैंक खातामा वा एक वालेटबाट अर्को वालेटमा भुक्तानी गर्दा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना पाँच लाख रुपैयाँको सीमा राष्ट्र बैंकले तोकेको छ। यो सेवा अहिलेलाई भाइबरको मोबाइल एपमा मात्रै उपलब्ध रहेको इसेवाले जनाएको छ ।

9225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?