जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • ऋण घटाउँदा पनि सुधार छैन सीडी रेसियोमा, ९४ प्रतिशतसम्म सीडी, अन्तर बैंक सापटी ७ प्रतिशत पुग्यो

ऋण घटाउँदा पनि सुधार छैन सीडी रेसियोमा, ९४ प्रतिशतसम्म सीडी, अन्तर बैंक सापटी ७ प्रतिशत पुग्यो

बाणिज्य बैंकहरुले ऋण घटाएर निक्षेप बृद्धि गरे पनि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९१ प्रतिशत पुगेको छ। एकातिर कर्जा-निक्षेप अनुपात उक्लिएको छ भने अर्कोतिर अन्तर बैंक सापटी दर ७ प्रतिशत पुगेको छ।

बैंकहरुसँग अहिले कुल  निक्षेप ४३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। यो आइतबारसम्मको तथ्यांक हो। त्यसअघिको दिन ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप थियो।

यता ऋण भने एक अर्बले घटेको छ। ४१ अर्ब ६६ अर्ब रुपैयाँमा झरेको छ। औषत कर्जा-निक्षेप अनुपात ९०.७ प्रतिशत छ। राष्ट्र बैंकका अनुसार, केही बैंकको ९४ प्रतिशतसम्म पनि पुगेको छ।

अन्तर बैंक सापटी ७ प्रतिशत छ। राष्ट्र बैंकले जुनसुकै बेला उपलब्ध गराउने स्थायी तरलता सुविधाकै दर बराबर अन्तर बैंक सापटी पुगेको हो। अन्तर बैंकमा पनि पैसा नपाएपछि बैंकहरुले सोमबार एकै दिन ५२ अर्ब ५१ करोड रुपैयाँ स्थायी तरलता सुविधा उठाएका छन्।

3700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका