जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कर्जा नतिरेपछि अन्नपूर्ण पोस्टका पूर्वप्रबन्ध निर्देशक जमानी बसेको कम्पनि लिलामीमा !

कर्जा नतिरेपछि अन्नपूर्ण पोस्टका पूर्वप्रबन्ध निर्देशक जमानी बसेको कम्पनि लिलामीमा !

बैंकको ऋण नतिरेपछि अन्नपूर्ण पोस्ट दैनिकका पूर्व प्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौड्यालको सम्पत्ति लिलामीमा परेको छ । पौड्यालको स्वामित्व रहेको कोटेश्वरस्थित पेश इन्टरप्राइजेजले सनराइज बैंकबाट लिएको कर्जा नतिरेपछि उक्त कम्पनिमा समलग्न सबैको सम्पत्ति लिलामीको सुचना प्रकाशन गरिएको हो ।
विहिबार एक दैनिकमा प्रकाशित सुचना अनुसार ७ दिन भित्र उक्त सम्पत्तिहरु विक्री गरिने छ ।

बैंकले कम्पनिले धितो जमानी राखेको जग्गा र मालसामान लिलामीमा राखेको हो । पौड्याल र दिनेश प्रसाद अर्यालको जमानतकर्तामा उक्त कम्पनिले बैंकबाट ऋण निकालेको थियो ।

बैंकले दिनेश अर्यालकी आमा डम्बर कुमारी अर्यालको नाममा रहेको बुटवल नगरपालिका वडा नम्बर ८ स्थित कित्ता नम्बर ७६ को कुल २ सय ९२ वर्ग मिटर क्षेत्रफलमा भएको घर जगा तथा त्यसले चर्चेको जमिन लिलामीमा राखेको छ । उनीहरुले पुतलीसडकस्थित सनराइज बैंकबाट ऋण लिएका थिए ।
पौड्यालको स्वामित्व रहेको एक कम्पनिले यसअघि नै सोही बैंकलाई कर्जा चुक्ता नगरेपछि अन्नपूर्ण पोस्टमै सुचना प्रकाशन गरिएको थियो ।

2845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका