जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा सम्पन्न, १०.४ प्रतिशत लाभांश प्रस्ताव पारित

माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा सम्पन्न, १०.४ प्रतिशत लाभांश प्रस्ताव पारित

माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँ वार्षिक साधारण सभा बिहिबार होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाबाट बैंकले सर्वसाधारण शेयर धनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । साथै बैंकले आजैबाट आफ्ना शेयरधनिहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ संचित छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी  जम्मा ३०१ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा  प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

9585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका