जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बिहीबार र शुक्रबार खुल्ला हुने बैंकका शाखा कार्यालयहरु

बिहीबार र शुक्रबार खुल्ला हुने बैंकका शाखा कार्यालयहरु

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण अत्याधिक बढेपछि राष्ट्र बैंकले संख्या तोकेर बैंक र वित्त कम्पनीलाई शाखा चलाउन निर्देशन दिएको छ ।

निर्देशन अनुसार केन्द्रिय कार्यालय बाहेक उपत्यका ३ जिल्ला काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटामात्रै वाणिज्य बैंकको शाखा कार्यालय सञ्चालन भइरहेका छन् ।

बैंकिङ कारोबारमार्फत् कोरोना संक्रमण बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्र बैंकले सो निर्देशन बैंकहरुलाई दिएको हो । साथै बैंकहरुले उपपत्यकामा साताभर सञ्चालन हुने आफ्ना शाखा कार्यालयको सूची समेत वेव साइटमा राख्न निर्देशन दिएको छ ।

जसले गर्दा उपत्यका बासिन्दालाई लक डाउनको समयमा बैंक जानु पर्ने भएमा सम्बन्धित बैंकको वेवसाइट हेरेर खुल्ला हुने शाखा एकिन गरीमात्र बैंक जानुपर्नेछ ।

उपत्यकामा बिहीबार र शुक्रबार कुन बैंकका कुन कुन शाखा कार्यालय खुल्छन् । त्यसको जानकारी तल विस्तृतमा दिइएको छ ।

कृषि विकास बैंक :  बिहीबार बैंकको सामाखुसी, त्रिपुरेश्वर, न्यूरोड, मंगलबजार, कुपण्डोल र बोडेका कार्यालय संचालन भइरहेका छन् । शुक्रबार रत्नपार्क, गौशाला, ठमेल, सातदोबाटो, ठठ्ठाघर र सांखु शाखा कार्यालय सञ्चालन हुनेछन् ।

बैंक अफ काठमाण्डू :  बैंकको बिहीबार कमलपोखरी, बल्खु, नक्साल, सुर्यविनायक, जावालाखेल, मेडिसिटी हस्पिटल काउन्टर खुल्ला रहेका छन् भने शुक्रबार बालाजु, त्रिपुरेश्वर, नक्साल, इटाच्छे र लगनखेलका शाखाकार्यालय सञ्चालन हुनेछन् ।

सेञ्चुरी बैंक :  बिहीबार बैंकका नयाँ बानेश्वर, टोखा, पुतलिसडक, बौद्ध, सातदोबाटो र भक्तपुर शाखा कार्यालय सञ्चालन भएका छन् । शुक्रबार भने बैंकका न्यूरोड, कलंकी, सामाखुसी, मिनभवन र सुकुलढोका शाखा कार्यालय खुल्ला हुनेछन् ।

सिटिजन्स बैंक : बिहबिार बैंकको भैसेपाटी, बौद्ध, दरबारमार्ग, कोटेश्वर, कुमारीपाटी, नयाँबजार र ठिमीका शाखा कार्यलय खुल्ला रहेका छन् । शुक्रबार भने बैंकका भक्तपुर, दरबारमार्ग, ग्वार्को, किर्तिपुर, कुपनडोल, नारायणगोपाल चोक र न्युरोड शाखा कार्यालय सञ्चालन हुनेछन् ।

ग्लोबल आइएमई बैंक : बैंकका कान्तिपथ, कुलेश्वर, कुमारीपाटी, ठिमी, पानीपोखरी, कुपण्डोल कार्यालय सञ्चालनमा छन् । यस्तै शुक्रबार बैंकका न्यूरोड, लगनखेल, ग्वार्को, सुर्यविनायक, धापासी र गंगबु शाखा कार्यालय सञ्चालन हुनेछन् ।

हिमालयन बैंक :  बिहीबार बैंकको न्यूरोड, नयाँ बानेश्वर, सामाखुशी, पाटन, सातदोबाटो र भक्तपुर शाखा सञ्चालनमा छन् ।

कुमारी बैंक :  बिहीबार बैंकका कोटेश्वर, न्यूरोड, किर्तिपुर, गठ्ठाघर, इमाडोल र कुमारीपाटी शाखा कार्यालय सञ्चालनमा छन् ।

लक्ष्मी बैंक : बिहीबार बैंकका हात्तीसार, टेकु, सामाखुसी, लगनखेल, सानेपा, भक्तपुर (सल्लाघारी) शाखा कार्यालय सञ्चालन छन् । शुक्रबार भने बैंकका हात्तीसार, कलंकी, हाँडीगाउ, पुल्चोक, चापागाँउ र कौशलटार शाखा कार्यालय सञ्चालन हुनेछन् ।

माछापुच्छ्रे बैंक : बिहीबार बैंकको नक्साल, चावाहील, पुतलीसडक, कुमारीपाटी, ग्वार्को र ठिमी शाखा कार्यलय सञ्चालन छन् ।

प्राइम बैंक :  बिहीबार बैंकको बिहीबार बालाजु, कालिमाटी, कमलपोखरी, कोटेश्वर, पाटन, पुल्चोक, ठिमी शाखा कार्यालय संचालन छन् । शुक्रबार भने बैंकको नयाँ बानेश्बर, न्यूरोड, सोह्रखुट्टे, इमाडोल, मंगलबजार र गठ्ठाघर शाखा कार्यालय खुल्ला हुनेछन् ।

मेगा बैंक : बिहीबार बैंकका बालकोट, कमलादी, ठमेल, ज्ञानेश्वर, कुमारीपाटी, सुनाकोठी शाखाहरु खुल्ला छन् । शुक्रबार भने सुकेधारा, कमलादी, नयाँ बानेश्वर, न्यूरोड, पाटन र इमाडोलका शाखा कार्यालय खुल्ला हुनेछन् ।

नबिल बैंक :  बिहीबार बैंकका ग्वार्को, काँडाघारी, कुमारीपाटी, महाराजगन्ज, सिनामंगल र सूर्यविनायक कार्यालयहरु खुल्ला छन् । शुक्रबार भने चावाहील, कौशलटार, कुलेश्वर, पुल्चोक, सातदोबाटो र तिनधाराका शाखा कार्यालयहरु सञ्चालन हुनेछन् ।

नेपाल इनभेष्टमेण्ट बैंक : बिहीबार बैंकका बत्तिसपुतली, गंगबु, न्यूरोड, पुल्चोक, सिपाडोल शाखा कार्यालयका सञ्चालनमा छन् । शुक्रबार भने बैंकका चावाहील, गंगबु, कमालीमाटी र लगनखेल शाखा कार्यालय सञ्चालन हुनेछन् ।

एनसीसी बैंक :  बिहीबार बैंकका ढुंङ्गेधारा, न्यूरोड, लुभु, नारायणटार, कुमारीपाटी, लोकनथली शाखा कार्यालय सञ्चालनमा छन् । शुक्रबार भने बैंकका बागबजार, चावाहील, टेकु, सुकेधारा, कुपन्डोल र थिमी शाखा कार्यालय सञ्चालन हुनेछन् ।

नेपाल बैंक :  बिहीबार बैंकका भक्तपुर, कोटेश्वर, कुपण्डोल, महाराजगन्ज कार्यालय खुल्ला छन् ।

एनआइसी एशिया बैंक :  बिहीबार बैंकका बागबजार, थानकोट, पुल्चोक, क्षेत्रपाटी, खुमलटार र पुनारो ठिमीका शाखा कार्यालय सञ्चालनमा छन् । शुक्रबार भने बैंकका न्युरोड, नयाँ बानेश्वर, चापागाउँ, चावाहील, भक्तपुर र लगनखेलका शाखा कार्यालय सञ्चालन हुनेछन् ।

स्ट्यान्डर्ट चार्टर्ड बैंक :  बैंकले यस साताभर उपत्यकाका ३ जिल्लामा आफ्ना नयाँ बानेश्वर, लाजिम्पाट, ललितपुर, न्यूरोड र बौद्ध शाखा कार्यालय सञ्चालन गरेको छ ।

प्रभु बैंक : बिहीबार बैंकका कलंकी, कपन, एयरपोर्ट, सानेपा, बालकोट र सातदोबाटो शाखा कार्यालय खुल्ला छन् । शुक्रबार भने बैंकका जोटपाटी, टंगाल, बल्खु, पाटन, इमाडोल र सुर्याविनायक शाखा कार्यालय सञ्चालन हुनेछन् ।

राष्ट्रिय वाणिज्य बैंक :  बिहीबार बैंकका न्यूरोड, ठमेल, स्वयम्भू, पुल्चोक र सूर्यविनायक शाखा कार्यालय खुल्ला छन् । शुक्रबार भने बैंकका कोटेश्वर, नक्साल, टोखा, भैसेपाटी र लगनखेलका शाखा कार्यालय सञ्चालन हुनेछन् ।

सानिमा बैंक :  बिहीबार बैंकको कान्थिपथ, जोरपाटी, महाराजगन्ज, एकान्तकुना, कुपण्डोल र गठ्ठाघर शाखा कार्यालय सञ्चालन छन् ।

एनएमबि बैंक :  बिहीबार बैंकका गोलमाडी, ग्वार्को, पुल्चोक, पुतलिसडक, गंगबु र सितापाइला शाखा कार्यालय खुल्ला छन् । शुक्रबार भने बैंकका सुर्यविनायक, लुभु, महाराजगंग, कलंकी, बागदरबार शाखा कार्यालय सञ्चालन हुनेछ ।

सिद्धार्थ बैंक :  बिहीबार बैंकका हात्तीसार, जोरपाटी, तीनकुने, जावलाखेल, इमाडोल र च्याम्हासिंह कार्यालय सञ्चालनमा छन् । शुक्रबार भने बैंकका न्यूरोड, स्यम्भु, पाटन, सातदोबाटो र गठ्ठाघर शाखा कार्यालय सञ्चालन हुनेछन्

6330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका