जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्राइम र यूनियन लाइफ इन्स्योरेन्सको परिवर्तित शेयर संरचना अभिलेख

प्राइम र यूनियन लाइफ इन्स्योरेन्सको परिवर्तित शेयर संरचना अभिलेख

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई जीवन बीमा कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सको शेयर संरचना अभिलेख गरेको हो ।

नेप्सेमा सूचीकृत प्राइम लाइफको कुल ३ करोड १४ लाख ९ हजार ६५७ कित्ता शेयर कायम रहेकोमा नेपाल बीमा प्राधिकरणबाट शेयर संरचना परिवर्तन गर्ने सहमतिपत्र, नेपाल धितोपत्र बोर्डको पुँजी संरचना परिवर्तन अभिलेख र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्धपत्र नियमावलीमा संशोधन भएअनुसार कम्पनीको शेयर संरचना परिवर्तन गरिएको हो ।

सो अनुसार अब कम्पनीको संस्थापक समूहको शेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको शेयरको हिस्सा ४९ प्रतिशत कायम रहने गरी संस्थापक समूहको कुल २८ लाख २६ हजार ८६९ दशमलव १३ कित्ता शेयर आजदेखि सर्वसाधारण समूहमा अभिलेख गरी सोही समूहअन्तर्गत कारोबार योग्य भएको छ ।

त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्सको कुल २ करोड ३४ लाख २८ हजार ५५० कित्ता शेयर नेप्सेमा कायम रहेको छ । नियामक निकायहरूको नियमावलीमा संशोधन भएअनुसार कम्पनीको संस्थापक शेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण शेयरको हिस्सा ४९ प्रतिशत कायम रहने गरी संस्थापक समूहको ४४ लाख ५१ हजार ४२४ दशमलव ५० कित्ता शेयर सर्वसाधारण समूहमा अभिलेख गरिएको छ ।

1495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?