जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी बैंकको ‘बडा दशैं क्यास व्याक तथा दक्षिणा योजना’

कुमारी बैंकको ‘बडा दशैं क्यास व्याक तथा दक्षिणा योजना’

कुमारी बैंक लिमिटेडले दशैंलाई लक्षित गर्दै आफ्ना बचत खातावालाहरुका लागि नयाँ योजना ल्याएको छ । बैंकले बचतखातावालाहरुलाई आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशंै दक्षिणा’ र ‘ क्यास व्याक अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडकोे ‘ क्यास व्याक अफर’ योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपँैयासम्म क्यास व्याक अफर दिइने छ । क्यास व्याक अफर रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ ।
साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘ क्यास व्याक अफर’ सँगै ‘बडा दशंै दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्पmत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा ५० रुपैयाँ क्यास व्याक अफर दिइने जनाएको छ । क्यास व्याक अफरका लागि योग्य हुन न्युनतम कारोबार १०० रुपैयाँ हुनुपर्नेछ ।

माथि उल्लेखित दुवै अफरहरु विहान ८ बजे देखि राति ११ः ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ । कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरूबाट सेवा दिइरहेको छ ।

3490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका