जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • गरिमा विकास बैंकको बोनस र नगद लाभांश घाेषणा

गरिमा विकास बैंकको बोनस र नगद लाभांश घाेषणा

गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी जम्मा १४.२१ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८ रुपैयाँ रहेको छ । ४३ करोड ७२ लाख २३ हजार रुपैयाँ बराबरको बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

अघिल्लो आ.व २०७५/७६ मा गरिमा विकास बैंकले १६.१५ प्रतिशत बोनस शेयर र ०.८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आ.व २०७४/७५ मा १० प्रतिशत बाेनस र ३.७५ प्रतिशत नगद लाभंश विवतरण गरेकाे थियाे ।

11865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका