जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सेञ्चुरी बैंकको थप ७ वटा नयाँ शाखाको उद्घाटन

सेञ्चुरी बैंकको थप ७ वटा नयाँ शाखाको उद्घाटन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सोमबार आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ । बैंकको ७ वटा नयाँ शाखाहरुमध्ये बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट, मुस्ताङ्ग जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट, ललितपुर जिल्ला, भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीबाट उद्घाटन भएका छन् ।

त्यस्तै, काठमाण्डौं जिल्ला, कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्यबाट, काठमाण्डौं जिल्ला, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालबाट, भक्तपुर जिल्ला, सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनील कुमार न्यौपानेबाट  उदघाटन गरेका छन् ।

काठमाण्डौं जिल्ला, टोखा शाखाको बैंकको सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठबाट भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन बैंकका उच्च पदाधिकारीको उपस्थितिमा सम्पन्न गरियो । यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा संजाल १२० पुगेको छ ।

सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

चालु आवको असोज मसान्त सम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्व रुपैयाँ र कर्जा रकम  ६६.९३ अर्व रुपैयाँ परिचालन गरी २२.०२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ

5070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?