जोडिनुहोस
सोमवार, साउन ७, २०८१
सोमवार, साउन ७, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको उर्जा क्षेत्रमा ३ खर्ब कर्जा लगानीः कुन बैंकको कति !

वाणिज्य बैंकहरुको उर्जा क्षेत्रमा ३ खर्ब कर्जा लगानीः कुन बैंकको कति !

नेपालका २० वाणिज्य बैंकहरुले उर्जा क्षेत्रमा मात्रै ३ खर्ब भन्दा बढि कर्जा प्रवाह गरेका छन् भन्दा अब चाहि फरक पदैन । वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जामध्ये ७.६७६ प्रतिशत ऊर्जा क्षेत्रमा मात्रै रहेको छ । विद्युत उत्पादनमा सरकारले लिएको लक्ष्य भेट्टाउन भने बैंकले हाल प्रवाह गरेको कर्जा भन्दा दोब्बर हुनुपर्ने छ । सरकारी प्रतिवेदनका अनुसार पनि सन् २०३५ सम्ममा वित्तीय क्षेत्रबाट हाल लगानी भएको रकमको ४ गुणा बढी अर्थात् १२ खर्ब बढी चाहिन्छ ।बैशाख मसान्तसम्ममा बैंकहरुले ४५ खर्ब १६ अर्ब ५० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले बैशाख मसान्तसम्ममा गरेको समग्र कर्जामध्ये उर्जा क्षेत्रमा मात्रै ३ खर्ब ४६ अर्ब ६८ करोड ७५ लाख ९० हजार रुपैयाँ लगानी गरेका छन् । जुन वाणिज्य बैंकहरुको कुल कर्जाको ७.६७६ प्रतिशत हो । जलविद्युत् आयोजनामा अधिकांश बैंकहरुले संयुक्त लगानीमा कर्जा प्रवाह गर्ने गरेका छन् । केही बैंकले भने एकल स्वामित्वमा कर्जा दिने गरेको देखिन्छ ।

कुन बैंकको कति लगानी ?
राष्ट्र बैंकको तथ्याङक अनुसार बैशाख मसान्तसम्म ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै ऋण कुमारी बैंकले दिएको छ । बैंकले ३५ अर्ब १३ करोड ६७ लाख ४० हजार रुपैयाँ उर्जा क्षेत्रमा लगानी गरेको छ । साथै, उर्जामा सबैभन्दा कम कर्जा दिनेमा स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले ३ अर्ब ९ करोड १८ लाख ७० हजार रुपैयाँ लगानी गरेको छ । उर्जा क्षेत्रमा धेरै कर्जा दिनेमध्ये दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले २९ अर्ब ४१ करोड ९५ लाख ७० हजार रुपैयाँ प्रवाह गरेको छ । उर्जा क्षेत्रमा ग्लोबल आइएमई बैंकले २६ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ, एनएमबि बैंक २४ अर्ब १९ करोड ६२ लाख १० हजार, नबिल बैंकले २३ अर्ब ५७ करोड ६७ लाख ४० हजार, लक्ष्मी सनराइज बैंकले २२ अर्ब ५ करोड १२ लाख, प्राइम बैंकले २१ अर्ब ७ करोड ८६ लाख ९० हजार, राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ५० करोड ५३ लाख, प्रभु बैंकले १९ अर्ब ४५ करोड २३ लाख १० हजार रुपैयाँ कर्जा दिएका छन् ।

उर्जा क्षेत्रमा धेरै कर्जा दिनेमध्ये दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले २९ अर्ब ४१ करोड ९५ लाख ७० हजार रुपैयाँ प्रवाह गरेको छ ।

यस्तै सानिमा बैंकले १७ अर्ब ८७ करोड २२ लाख ३०, हिमालयन बैंकले १५ अर्ब ७४ करोड ४५ लाख ३० हजार, सिद्धार्थ बैंकले १५ अर्ब ४३ करोड ३२ लाख ३० हजार, सिटिजन्स बैंकले १४ अर्ब ६० करोड ६३ लाख ५० हजार रुपैयाँ रहेको छ । एभरेष्ट बैंकले १४ अर्ब ११ करोड ५१ लाख ८० लाख, नेपाल बैंकले १२ अर्ब ५८ करोड २३ लाख १०, माछापुच्छ्रे बैंकले ११ अर्ब ४७ करोड ११ लाख ५० हजार, नेपाल एसबिआईले ९ अर्ब ६५ करोड ४५ लाख ४० हजार, कृषि विकास बैंकले ६ अर्ब ३० करोड ६६ लाख ५० हजार र एनआईसी एशिया बैंकले ३ अर्ब ८१ करोड ९६ लाख ७० हजार रुपैयाँ ऊर्जा क्षेत्रमा कर्जा दिएका छन् । सचेत भया ।

335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका