जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु र महालक्ष्मीले बीमा प्राधिकरणबाट पाए मर्जरको अन्तिम स्वीकृति

प्रभु र महालक्ष्मीले बीमा प्राधिकरणबाट पाए मर्जरको अन्तिम स्वीकृति

मर्जरको तयारीमा रहेका प्रभु र महालक्ष्मी लाइफले नेपाल बीमा प्राधिकरणबाट मर्जरको अन्तिम स्वीकृति पाएका छन्। प्रभु र महालक्ष्मीको जेठ २६ गते सम्पन्‍न वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको थियो।

सोमबार अबेर मात्रै बीमा प्राधिकरणबाट अन्तिम स्वीकृतिको पत्र प्राप्त गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराइले बताए।

यति बेला कम्पनीहरुको तर्फबाट सबै तयारी भइसकेको छ। अब कम्पनी रजिष्टारको कार्यालय र धितोपत्र बोर्डबाट अनुमति पाउन बाँकी छ।

‘हामीले असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छौं,’ भट्टराईले भने, ‘यस मितिमा कारोबार गर्नका लागि अब प्राधिकरणसँग छलफल गर्न बाँकी छ।’

यसबीचमा कुनै समस्या नआए असार २९ गते प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने उनले बताए।

यी दुई कम्पनीले गत असार ३० गते एक बराबर एकको स्वाप रेसियोमा मर्जरको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। मर्जरको एक वर्षमा एकीकृत कारोबार गर्न लागेका हुन्। यसअघि पटकपटक एकीकृत कारोबार गर्ने भनेपनि एक्चुअरी भ्यालुएसनमा ढिलाइ भएको कम्पनीले जनाएको छ।

मर्जरपछि प्रभु र महालक्ष्मी लाइफमा कार्यरत कर्मचारीहरुलाई थप योग्य र दक्ष बनाइ काममा निरन्तरता दिने भएको छ। साथै कम्पनीले सातै प्रदेशको लागि थप कर्मचारी समेत माग गरेको छ।

3465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका