जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कार्तिक २७ गतेदेखि सबै जीवन बीमा कम्पनीहरु आचार संहितामा बाँधिए, कर्मचारीलाई ४५ दिन कुलिङ, अस्वस्थ प्रतिस्पर्धा रोकिने

कार्तिक २७ गतेदेखि सबै जीवन बीमा कम्पनीहरु आचार संहितामा बाँधिए, कर्मचारीलाई ४५ दिन कुलिङ, अस्वस्थ प्रतिस्पर्धा रोकिने

जीवन बीमक संघको गत बिहिवार सम्पन्न साधारणसभाबाट नेपालमा सञ्चालित १९ वटा जीवन बीमक संघको लागि तयार पारिएको आचार संहिताको मस्यौदा पारित गरेको छ । संघको बिहिवार सम्पन्न साधारणसभाले पारित गरेको आचार संहिता कार्तिक २७ गतेदेखि नै लागू भएको जीवन बीमक संघका उपाध्यक्ष पोषक पौडेलले जानकारी दिए ।

नयाँ जारी भएको आचार संहितामा नेपालमा जीवन बीमा व्यवसाय मर्यादित बनाउने, जीवन बीमाको जनचेतना जगाउँदै व्यवसायको प्रबद्र्धन गर्ने, अस्वस्थ प्रतिस्पर्धा नगर्ने लगायतका स्वनियमनहरुको व्यवस्था गरिएको छ ।

त्यस्तैगरी, जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि समेत आचार संहितले समेटेका छ । जस अनुसार अधिकृत वा सो भन्दा माथिल्लो तहमा कार्यरत कर्मचारीहरुले एक कम्पनीबाट अर्को कम्पनीमा सरुवा हु्ँदा कम्तीमा ४५ दिन कुलिङ पिरियडमा बस्नुपर्ने भएको छ । त्यसैगरी, कुनै पनि कम्पनीमा भर्ना भएको एक वर्ष नभई उक्त कम्पनी छोडेर दोस्रो कम्पनीमा जान पाइने छैन । यही कार्तिक २७ गतेदेखि लागू भएको आचार संहिता अनुसार अर्को कम्पनीमा कार्यरत कर्मचारीलाई भर्ना गर्दा एक तहभन्दा माथिल्लो तहमा भर्ना गर्न पाइने छैन ।

नयाँ संहित अनुसार कम्पनीहरुले आफ्नो व्यापार प्रबद्र्धन गर्न अर्को कम्पनीका विरुद्धमा प्रचार गर्न समेत पाइने छैन । बीमा प्रडक्टहरुको यथार्थ तथ्याङ्कको आधारमा मात्रै तुलना गर्न पाइनेछ ।

4465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?