जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौत

कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौत

कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यो सम्झौतापश्चात सरकारी निकायहरुवाट सार्वजनिक खरिदको लागि आह्वान गरिने बोलपत्र बापतको बैंक जमानत कामना सेवा विकास बैंकबाट लिई अनलाइन मार्फत सम्बन्धित निकायमा पेस गर्न सक्नेछन् ।

बैंकका ग्राहकले बैंक जमानत लिई सोसंग सम्बन्धित कागजातहरु अनलाईन माध्ययद्वारा पेश गरेपश्चात बैंकले उक्त कागजातहरु प्रमाणीकरण गर्नेछ । उक्त सम्झौतामा बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फबाट कार्यालयका सह–सचिव विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

यो सम्झौताले बैंकका ग्राहकहरुलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैंक जमानत लिन थप सहज भइ बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका