जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु र एनसीसी बैंकले रेमिट्यान्स मुद्दतिमा सबैभन्दा बढी ब्याज दिने

प्रभु र एनसीसी बैंकले रेमिट्यान्स मुद्दतिमा सबैभन्दा बढी ब्याज दिने

दुई वटा बैंकले रेमिट खातामा सबैभन्दा बढी ब्याज दिने भएका छन् । सञ्चालनमा रहेका २६ वटा बैंकमध्ये दुई वटाले रेमिट खातामा धेरै ब्याज दिन लागेका हुन् । अन्य बैंकले १३.१३ प्रतिशत ब्याज दिँदा प्रभु र एनसीसी बैंकले १५ प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा रेमिट निक्षेपमा व्यक्तिगत निक्षेपमा दिनेभन्दा न्यूनतम १ प्रतिशत बढी ब्याज दिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार बैंकहरुले रेमिट निक्षेपमा बैंकहरुले दिने निक्षेपको ब्याजमध्ये रेमिट निक्षेपमा १३.१३ ब्याज दिने व्यवस्था गरेका हुन् ।

प्रभु बैंकले रेमिट निक्षेपमा निक्षेपमा १५.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । यो सबैभन्दा बढी हो । यस्तै प्रभुपछि धेरै ब्याज दिनेमा एनसीसी बैंक रहेको छ । बैंकले रेमिट् निक्षेपमा १५ प्रतिशत ब्याज दिने भएको छ । दुबै बैंकले घोषणा गरेको ब्याजदर असोज १ गतेबाट लागू हुनेछ ।

बिहीबार बसेको बैंकर्स संघको पूर्णबैठकले यसअघिको भद्र सहमति तोडेर राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले तलमाथी गर्न पाउने व्यवस्था गरेको छ ।

 

1480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका