जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सहकारी छानबिन विशेष समिति प्रतिवेदनको तयारीमा, अर्थमन्त्री र गभर्नरसँग लियो सुझाव

सहकारी छानबिन विशेष समिति प्रतिवेदनको तयारीमा, अर्थमन्त्री र गभर्नरसँग लियो सुझाव

सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा आफ्नो प्रतिवेदनमा समावेश गर्नुपर्ने विषयमा संसदीय छानबिन विशेष समितिले अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी लगायतसँग छलफल गरेको छ। समितिले आइतबार अर्थमन्त्री पौडेल, आयोगका उपाध्यक्ष प्रा. डा. अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशप्रसाद घिमिरे लगायतसँग छलफल गरेको हो।

समितिका सभापति सूर्य थापाले प्रतिवेदनमा समेट्ने विषयवस्तुमा केन्द्रित रहेर परामर्श गरेको जानकारी दिए। अर्थमन्त्री पौडेलले समितिले दिने सुझाव प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

मन्त्री पौडेलसँगै गभर्नर अधिकारीले सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि नयाँ संयन्त्रको आवश्यकतामा जोड दिए। समितिको म्याद आइतबार सकिन लागेकामा प्रतिनिधि सभाको भदौ १८ गते बसेको बैठकले १५ दिन थप गरिसकेको छ। गत जेठ १५ गते समिति गठन भएको थियो।

2670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका