जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • ज्योति लाइफको आइपीओ २३ गतेबाट

ज्योति लाइफको आइपीओ २३ गतेबाट

ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले फागुन २३ गतेदेखि २८ गतेसम्म सेयर जारी गर्ने भएको हो।

कम्पनीद्ये कुल जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो। यो भनेको ६६ करोड रुपैयाँ हुन आउँछ।

१०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता सेयर जारी गरिने छ। यसमध्ये ५/५ प्रतिशतका दरले अर्थात ३ लाख ३० हजार कित्ताका दरले सामूहिक लगानी कोष र कर्मचारीलाई वितरण गरिने छ। बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।

8335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका