जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बैंकर्स संघले भेट्यो राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरसँग, मिलेर अगाडि बढ्ने प्रतिबद्धता

बैंकर्स संघले भेट्यो राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरसँग, मिलेर अगाडि बढ्ने प्रतिबद्धता

बैंकर्स संघका पदाधिकारीहरुले राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरहरुसँग औपचारिक भेटघाट गरेका छन्।

अघिल्लो साता सरकारले डेपुटी गभर्नरमा डा. निलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो। उनीहरुले भोलिपल्टै पदबहाली गरेका थिए।

गभर्नर महाप्रसाद अधिकारीले डा. तिम्सिनालाई बैंक तथा वित्तीय संस्था नियमन विभागलगायत दिएका छन् भने मिश्रको भागमा बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्था सुपरिवेक्षण विभाग परेको छ।

संघका अध्यक्ष भुवन दहालको नेतृत्वमा गएको टोलीले दुबै डेपुटी गभर्नरलाई शुभकामना दिएको थियो। पहिलो भेटघाट भएका कारण कुनै पनि बिषयमा चर्चा नगरिएको सहभागीहरुले बताए।

डेपुटी गभर्नरहरुले भने संघसँग नीतिगत तथा अन्य तहमा मिलेर अगाडि बढ्ने बताएका थिए।

8225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?