जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको १०६औं शाखा भक्तपुरको लोकन्थलीमा

कामना सेवा विकास बैंकको १०६औं शाखा भक्तपुरको लोकन्थलीमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा आफ्नो १०६औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो ।

कारोबार शुभारम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०६ वटा शाखा तथा ५५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ब्द्यद्यक्, क्ःक् द्यबलपष्लन, ःयदष्भि द्यबलपष्लन, ऋ(ब्क्द्यब् लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

9700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?