जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • एनआइसी एसिया र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज भए, ऋण लगानी १५ अर्ब रुपैयाँ नाघ्यो

एनआइसी एसिया र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज भए, ऋण लगानी १५ अर्ब रुपैयाँ नाघ्यो

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर आजबाट एकिकृत कारोबार सुरु गरेका छन्। मर्जरपछि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु भएको हो।

दुबै संस्थाका अध्यक्षहरुले संयुक्त रुपमा एकिकृत कारोबारको उद्घाटन गरेका हुन्। एनआईसीका अध्यक्ष कपिल ढकाल र स्वदेशीका अध्यक्ष लालमणी जोेशीले उद्घाटन गरेका हुन्।

एनआइसीको १५० शाखा संचालनमा रहेको छ भने स्वदेशीको ८५ शाखा संचालनमा रहेका छन्।

मर्जरपछि एक लाख ३५ हजारभन्दा बढी सदस्यहरुलाई संस्थाले वित्तीय सेवा प्रदान गर्नेछ। मर्जरपछि पुँजी १ अर्ब ७३ करोड ९४ लाख पुग्नेछ। कर्जा लगानी १५ अर्बभन्दा माथि पुग्नेछ।

11315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका