जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै भुक्तानी गर्न सक्ने

खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै भुक्तानी गर्न सक्ने

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तिब्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट (स्प्यारो पे प्रा. लि.) बीच सहकार्यको सहमति भएको छ। सोमबार फोनपेका तर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खडकाले हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै अब खल्ती फोन पे नेटवर्कमा आवद्द भएको छ । अबदेखि खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै भुक्तानी गर्न  सक्ने छन्। यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा गारएको छ । 

सम्झौता कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकाटाले भने ‘ पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तिव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौ, हामी दुवै कम्पनीको लडाई भनेको नगद कारोबारसँग हो । क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उदेश्यमा हाम्रो सहकार्यले थप मद्धत पुग्नेछ।’

यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खडकाले भने, ‘यस सहकार्यबाट खल्ती-फोनपेको मात्र नभई २० लाख भन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौँ अप्रत्यक्ष जनता लाभान्वित हुनेछन्। यो सहकार्यले इकोसिस्टनलाई अझ विश्वसनीय र सशक्त बनाई अघि बढाउन मद्दत गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ । हामी दुबैको ठूलो उद्देश्य एउटै छ जुन हो नेपाललाई डिजिटल बनाउने जसको लागि हामी सँगै अघि बढ्दै छौं।’

3620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका